प्रदेश ४ को उपसभामुखमा सिर्जना शर्मा निर्वाचित

प्रदेश ४ को उपसभामुखमा सिर्जना शर्मा निर्वाचित

पोखरा : प्रदेश ४ को उपसभामुखमा एमालेकी सिर्जना शर्मा निर्वाचित भएकी छन् । प्रदेश सभामा आइतबार भएको निर्वाचनमा उनले दुई प्रतिस्पर्धी कांग्रेसकी मनकुमारी गुरुङ र राष्ट्रिय जनमोर्चाकी पियारी थापालाई पराजित गरेकी हुन्।

शर्माको पक्षमा हुन्छ भन्ने ३८ सांसद हुँदा हुन्न भन्ने १८ थिए । शर्मालाई उपसभामुख निर्वाचित गरियोस् भनेर एमालेका मायानाथ अधिकारीले राखेको प्रस्तावमा माओवादी सांसद गायत्री गुरुङले समर्थन जनाएकी थिइन् । सुरुमै शर्माको पक्षमा बहुमत देखिएपछि सभामुखले उनी निर्वाचित भएको घोषणा गरेका थिए ।

अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव शर्मा एमाले प्रदेश ४ कमिटीकी सदस्य पनि हुन् । उपसभामुख निर्वाचित भएलगत्तै शर्माले आफू पार्टीभन्दा माथि उठेर जिम्मेवारी पूरा गर्ने बताइन् । उपसभामुख शर्मालाई सभामुख नेत्रनाथ अधिकारीले सपथ गराएका थिए ।
उपसभामुखमा कांग्रेस उम्मेदवार मनकुमारी गुरुङलाई सांसद विन्दुकुमार थापाको प्रस्ताव र ओमकला गौतमको समर्थन थियो । प्रस्तावक थापाले सभामुख र उपसभामुख दुई भिन्न पार्टी र फरक लिंगका हुनुपर्ने संवैधानिक व्यवस्था ख्याल गरी कांग्रेसले उम्मेदवारी दिएको बताएका थिए ।

उनले एमाले र माओवादीबीच एकता हुन लागेको हुँदा उपसभामुख कांग्रेसले पाउनुपर्ने दाबी पनि गरे । त्यस्तै एक फरक प्रसंगमा नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएको र आगामी दिनमा रचनात्मक र सशक्त विपक्षको भूमिका रहने विचार व्यक्त गरे । यसअघि प्रदेश ४ को सभामुखमा माओवादीका नेत्रनाथ अधिकारी निर्वाचित भइसकेका छन् । उनी माओवादीबाट निर्वाचित सांसद हुन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.