एमाले–माओवादी मिलिसके, ‘ता’ मात्रै बाँकी

एमाले–माओवादी मिलिसके, ‘ता’ मात्रै बाँकी

काठमाडौँः नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकतालाई लिएर आइतवार पनि भक्तपुरमा एक्ला एक्लै वार्ता भयो ।

माओवादीनिकट व्यवसायी दुर्गा प्रसाईको भक्तपुरस्थित घरमा केही घण्टा वार्ता गरेपछि दुई अध्यक्ष सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगे । जहाँ ओली नेतृत्वको वाम सरकारको कामको प्राथमिकता तय गर्न एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा बनेको कार्यदलको बैठक थियो ।

त्यस बैठकमा पनि दुई अध्यक्ष पार्टी एकता केही दिनमै निचोडमा पुग्ने व्याख्या गरे । त्यसपछि दुई नेताको उपस्थितिमा सरकारलाई सुझाव दिन बनेको कार्यदलको बैठक बस्यो । जसले ओली नेतृत्वको वाम सरकारको कामको प्राथमिकता तय गरेको छ ।

यो बैठकपछि बाहिरिएका एमाले उपाध्यक्ष वामदेव गौतमले दुई पार्टी एकताबीचको एकताबारे रोचक प्रतिक्रिया दिए । ‘पार्टी एकता भइसकेको ‘ता’ मात्रै बाँकी छ’, गौतमले पत्रकारहरुसँग भने, ‘भोलिसम्ममा सबै कुराको टुंगो लागिसक्छ ।’

गौतमले अब दुई पार्टीबीचको सरकारले पूर्णता पाउने पनि उल्लेख गरे । ‘पार्टी एकता भइसकेको छ, अब घोषणा हुन मात्रै बाँकी हो’, उनले भने, ‘प्रतिनिधि सभाको अधिवेशनपछि यसको औपचारिक घोषणा हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.