पदभार ग्रहण लगत्तै प्रदेश ७ का मुख्यमन्त्री अस्पतालको निरीक्षणमा

पदभार ग्रहण लगत्तै प्रदेश ७ का मुख्यमन्त्री अस्पतालको निरीक्षणमा

धनगढी : प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार पदभार ग्रहण गरेका छन् । धनगढीको मेनरोडमा निर्माणकै क्रममा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर आइतबार पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि मुख्यमन्त्री भट्टले प्रदेश नम्बर ७ लाई एक नम्बर प्रदेश बनाउने दाबी गरे । ‘हामीसँग सम्भावना छन्, जलस्रोत, जडिबुटी, कृषि र पर्यटनका माध्मबाट प्रदेश समृद्ध बनाउने मात्रै होइन, एक नम्बरको प्रदेश बनाउँछु’, उनले भने ।

उनले अहिले विकास निर्माणका काम पनि कछुवा गतिमा भइरहेकाले प्रदेश सरकार योजनालाई शीघ्र निर्माण गराउनेमा जोड गर्ने बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा नेपाल प्रहरीको एक टुकडीले सलामीसहित प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेल तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव प्रदिपराज कँडेलले उनलाई फूलमालासहित स्वागत गरे।

मुख्यमन्त्रीसँगै अन्य ६ मन्त्रीले पनि आइतबार नै पदभार ग्रहण गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले साविकको कृषि विकास कार्यालयमा स्थापना गरिएको मन्त्रालयमा पुगेर पदभार ग्रहण गरे । प्रदेशको शान्ति सुरक्षा दुरुस्त बनाउने शाहले प्रतिबद्धता गरे ।

आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा र भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले साविकको क्षेत्रीय सिंचाई निर्देशनालयमा स्थापना भएको मन्त्रालयमा पदभार ग्रहण गरे । अर्थमन्त्री बोहराले प्रदेश नम्बर ७ मा हुने खर्चको १६ प्रतिशत मात्रै राजश्व भएकाले राजश्वका दायरा बढाएर प्रदेशलाई आत्मनिर्भर बनाउने योजना बनाइने बताए ।

उद्योग पर्यटन वातावरण तथा वन मन्त्री माया भट्टले साविकका क्षेत्रीय वन निर्देशनालयको भवनमा स्थापित गरिएको मन्त्रालय र सामाजिक विकास मन्त्री दीर्घ सोडारीले वडा प्रहरी कार्यालय नजिकै निर्माण भइरहेको साविकको जिल्ला जनस्वास्थ्य कार्यालयमा स्थापना भएको मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।

भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले साविकको सहकारी प्रशिक्षण डिभिजन कार्यालयमा स्थापना भएको मन्त्रालयमा पदभार ग्रहण गरेकी छिन् ।

पदभार लगत्तौ अस्पतालको निरीक्षण
पदभार लगत्तै मुख्यमन्त्री त्रिलोचन भट्टले सेती अञ्चल अस्पतालको अनुगमन गरेका छन् । विरामीले उपचारमा सहजता नभएको गुनासो गरेपछि अस्पतालको अवस्था बारे बुझ्न मुख्यमन्त्री भट्ट पदस्थापन लगत्तै सिधै सेती अञ्चल अस्पताल पुगेका हुन् ।
अनुगमनका क्रममा बिरामी, कुरुवा अस्पतालका कार्यरत कर्मचारीसँग स्वास्थ्य सेवा प्रवाहको वारेमा जानकारी समेत लिएका छन् । उनले स्वास्थ्यकर्मीलाई विरामीलाई दुख नहुने गरी स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिए ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.