यथ्लेटिको मड्रिडको जित, बार्सिलोनालाई दबाब
काठमाडौं : स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेको यथ्लेटिको मड्रिडले सहज जित निकाली शीर्ष स्थानको बार्सिलोनामाथि दबाब कायमै राखेको छ। आइतबारको खेलमा यथ्लेटिक विल्बाओमाथि २-० को जित हात पार्दै उपाधि होडमा शीर्ष स्थानको बार्सिलोनामाथि दबाब बनाएको छ।
यथ्लेटिको मडिड्रको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो। यथ्लेटिको मड्रिडका लागि ५९ औं मिनेटमा मैदान छिरेका केभिन गामेइरोले गोल गरेका थिए भने ८० औं मिनेटमा डियगो कोस्टाले गोल गरे।
२४ खेलबाट ५५ अंक बनाएको यथ्लेटिको मड्रिड दोस्रो स्थान यथावत रहेको छ । शीर्ष स्थानको बार्सिलोनाभन्दा ७ अंकले पछि रहेका यथ्लेटिको मड्रिड तेस्रो स्थानका भ्यालेन्सिया भन्दा ९ र चौथो स्थानको रियल मड्रिडभन्दा १० अंकले अगाडी रहेको छ ।
यस अघिका लगातार दुई खेलमा बार्सिलोना बराबरीमा रोकिदा यथ्लेटिको मड्रिड दबाब बनाउन सफल भएको हो ।