वाम एकता निश्कर्ष नजिक : जुन मिलेको थिएन, त्यो कुरा मिल्यो

वाम एकता निश्कर्ष नजिक : जुन मिलेको थिएन, त्यो कुरा मिल्यो

काठमाडौं : एमाले र माओवादी केन्द्र बीचको एकता प्रक्रिया अन्तिम चरण पुगेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खुमलटारस्थित निवासमा पार्टी नेताहरुका बीच एकताको प्रक्रियामा देखिएको समस्या समाधान भएको 'ब्रीफिङ' गरेका छन्।

अध्यक्ष दाहालले सोमबार नै एकताले नयाँ गति लिने बताए। माओवादी नेता मणि थापाले दाहालको 'ब्रीफिङ'लाई उधृत गर्दै भने, ‘अस्ति जुन कुरा मिलेको थिएन, त्यो मिल्यो,अब एकताले नयाँ गति लिन्छ।'

पार्टी 'ब्रीफिङ'पछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली बीच बालुवाटारमा ओली –दाहाल बीच ‘वान टु वान' वार्ता भएको छ। नेता थापाले पार्टी 'ब्रीफिङ' पछि दाहाल र ओली बीच ‘वान टु वान' वार्ता भएको बताए।उनले दुई नेता बीच एकता संयोजक समितिको बैठकबाट एकतालाई अन्तिम स्वरुप दिने विषय छलफल भएको बताए।

माओवादी नेता थापाले आज साँझ ७ बजे एकता संयोजक समितिको बैठक बसेर एकतालाई अन्तिम रुप दिने जानकारी दिए। उनले नमिलेको सैद्धान्तिक विषयलाई महाधिवेशनबाट टुङ्याइने बताए। उनले भने, ‘आज साँझ ७ बजे बैठक बसेर सबै कुरा टुग्याइने छ, सैद्धान्तिक विषय महाधिवेशनमा टुङ्गो लाग्नेछ।'आजै सहमतिमा हस्ताक्षर हुने सम्भावना रहेको छ । 

एमालेको जनताको बहुदलीय जनवाद(जबज) र माओवादीको २१ औ शताब्दिको जनवादका विषयमा महाधिवेशनबाट एमालेको जनताको बहुदलीय जनवाद(जबज) र माओवादीको २१ औं शताब्दीको जनवादका विषयमा महाधिवेशनबाट छिनोफानो गर्ने दुई अध्यक्ष बीच सहमति भएको छ।

एकीकृत पार्टीको दुई अध्यक्षले संयुक्त नेतृत्व गर्ने, आलोपालो प्रधानमन्त्री बन्ने विषयमा सहमति जुटेको छ।बेलुका ७ बजे हुने सहमति पछि माओवादी केन्द्र पनि सरकारमा सहभागी हुनेछ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.