नवलपरासीदेखि कपिलवस्तुसम्म ‘मोनो रेल’

नवलपरासीदेखि कपिलवस्तुसम्म ‘मोनो रेल’

परासी : ५ प्रदेश सरकारले नवलपरासीदेखि कपिलवस्तुसम्म ‘मोनो रेल' सञ्चालनको अवधारणा अघि सारेको छ। प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले लुम्बिनी अञ्चलमा रहेका बुद्ध क्षेत्रमा ‘मोनो रेल' सञ्चालनका लागि प्रदेश सरकारले अवधारणा अघि सारेको बताएका हुन्।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री चौधरीले परासीमा आयोजित पत्रकार भेटघाटमा पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि गर्नका लागि बुद्धसँग सम्बन्धित रहेका कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासी जिल्लामा बुद्ध सर्किट निर्माण गरेर मोनो रेल सञ्चालन गर्न सरकारले अवधारणा बनाइसकेको जानकारी दिए। ‘यो रेल पर्यटकका लागि केन्द्रित गरेर सञ्चालन गरिने छ।' चौधरीले भने।

चौधरीले तीन जिल्लामा बुद्धसँग सम्बन्धित ३६ वटा स्थान रहेको र पर्यटकलाई ती क्षेत्रको अवलोकन गर्न मोनो रेल सञ्चालनको तयारी सरकारले गरेको जानकारी दिए।‘ प्रदेश नं. ५ को ठूलो सम्पत्तिको रुपमा रहेका बुद्ध क्षेत्रलाई पर्यटन केन्द्रको रुपमा स्थापना गर्न गुरुयोजना बनाएर अघि बढाउने सोंचमा छौं। सोही अनुसार तत्काल काम सुरु हुन्छ,' चौधरीले भने। बुद्धको एक मात्र अस्तुधातु रहेको रामग्रामलाई पर्यटकीय क्षेत्र बनाउन त्यहाँ कम्तिमा २ सय बिगाहा क्षेत्रफल जग्गा अतिग्रहण गर्नुपर्ने देखिएकोले तत्काललाई १ सय बिगाहा अतिग्रहण गरेर यसै वर्षदेखि काम सुरु गर्ने समेत चौधरीले बताए।

सरकारले प्रदेशमा रहेका १२ जिल्लाको आर्थिक स्तर बढाउन सडक, सिँचाई र शिक्षालाई जोड दिएको बताए। पहाड र तराईको राजमार्ग निर्माणलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको उनले जानकारी दिए। पहाडी राजमार्गअन्तर्गत पाल्पाहुँदै रुकुमसम्मको ४ लेन सडक निर्माण र त्रिवेणी–सुस्तादेखि राजापुरसम्म ट्रेन र हुलाकी मार्गलाई सरकारले प्राथमिकतामा राखेर यसै वर्षदेखि प्रकृया सुरु गरिने मन्त्री चौधरीको भनाई थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.