प्रजातन्त्र दिवसलाई राष्ट्रिय दिवस मनाऔं : पौडेल
दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउनु पर्नेमा जोड दिएका छन् । उनले हलो जोतेर कांग्रेसको नेतृत्वमा देशमा प्रजातन्त्र आएको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा जिल्ला समन्वय समितिले गरेको कार्यक्रममा पौडेलले कांग्रेसको नेतृत्वमा शान्तिपूर्ण आन्दोलनबाट देशमा प्रजातन्त्र आएको जिकिर गर्दै भने, ‘यो प्रजातन्त्र टाउको काटेर आएको होइन’
वाम गठबन्धनप्रति केही आक्रामक देखिएका पौडेलले मुख्य आन्दोलन सात सालमा भएको भन्दै त्यसयताका सबै आन्दोलन त्यसकै परिपूरक रहेको बताए । पौडेलले सात सालको आन्दोलनकै कारण देशमा आर्थिक तथा सामाजिक परिवर्तन भएको जिकिर समेत गरे । ‘
हलो क्रान्तिले देशको सामाजिक अवस्थामा परिवर्तन ल्यायो,’ उनले भने, ‘त्यसबाट समाजका कुप्रथा हटाउने काम भएको थियो ।’
देशमा राजतन्त्र हटाउनका लागि पनि आन्दोलन भएको उल्लेख गर्दै पौडेलले भने, ‘राजतन्त्रले हुकुमी शासन चलाउन खोजेपछि सम्बन्ध तोडियो ।’