बालुवाटारमा प्रचण्डले भने: ओलीजी र म नयाँ पार्टीका अध्यक्ष
काठमाडौँ: नेकपा एमालेसँगको एकताका लागि सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ पार्टीमा दुईजना अध्यक्ष रहने बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सहमतिपत्रमा हस्ताक्षर गरे निस्केपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले यसो भनेका हुन् ।
दाहालले दुईजना अध्यक्ष रहने गरी एकताको सहमति भएको बताए । 'नयाँ पार्टीमा दुईजना अध्यक्ष रहने गरी हामीले सहमति जुटाएका छौँ', उनले बैठकपछि पत्रकारहरुसँग भने, 'बैठककको अध्यक्षता पनि ओलीजी र मैले पालै पालो गर्नेछौँ ।'
पढ्नुस्: एमाले–माओवादी एकतामा सहमति, नयाँ पार्टीको नाम नेकपा
हेर्नुस् सहमतिपत्र