एमाले-माओवादी एकताले आफ्नो दिन खुल्ने बाबुरामको संकेत

एमाले-माओवादी एकताले आफ्नो दिन खुल्ने बाबुरामको संकेत

काठमाडौं : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले एमाले-माओवादीको एकताले जनतालाई भ्रमबाट मुक्ति मिल्ने बताएका छन् । मंगलबार बिहान ट्वीट गर्दै भट्टराईले एउटै विचार भएका र ब्राण्ड मात्रै फरक भएका पार्टी एक हुँदा जनतालाई भ्रमबाट मुक्त हुन मद्दत मिल्ने धारणा व्यक्त गरेका छन्।

पार्टी एकताको निर्णयलाई बधाइ दिँदै भट्टराईले यी पार्टीको एकताले नयाँ विचारसहितको तेस्रो धार निमार्ण हुन मद्दत पुग्ने भन्दै, आफ्नो नेतृत्वको नयाँ शक्ति पार्टीलाई फाइदा पुग्ने तर्फ संकेत गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘उदारवाद र समाजवादको विकल्पमा समावेसी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवादको तेश्रो धार निर्माण गर्न मद्दत गर्नेंछ।’

एमाले-माओवादीले गत असोज १७ गते चुनावी तालमेल हुँदै पार्टी एकता गर्ने घोषणा गर्दा भट्टरार्इले वाम गठबन्धनमा आफ्नो पार्टी पनि सहभागी हुने निर्णय गर्दै हस्ताक्षर समेत गरेका थिए । चुनावी भागवण्डामा मतभेद भएपछि वाम गठबन्धनबाट बाहिरिएर कांग्रेससँग तालमेल गरी चुनावमा गएका थिए ।

१० वर्षसम्म चलेको माओवादी जनयुद्धको नेतृत्वकर्ता मध्ये एक रहेका भट्टराईले, दुई वर्ष अगाडी माओवादी छाडेर नयाँ शक्ति पार्टी गठन गरेका थिए ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.