कपिलवस्तुमा विप्लवका ६ कार्यकर्ता पक्राउ

कपिलवस्तुमा विप्लवका ६ कार्यकर्ता पक्राउ

तौलिहवा : विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव कपिलवस्तुमा परेको छ। बिहानैदेखि पूर्वपश्चिम राजमार्गमा सवारी साधन चलेका छैनन् भने भित्री सडकमा छिटफुट मात्र सवारी साधन चलेका छन्।

सवारी साधन नचल्दा कृष्णनगर नाकाको प्रयोग गरी रोजगारीका लागि भारत जाने यात्रु बीच बाटोमै अलपत्र परेका छन्। जिल्लाका मुख्य बजार सदरमुकाम तौलिहवा, जितपुर चारनम्बर, गोरुसिंगे, चन्द्रौटा, बहादुरगञ्ज, कृष्णनगर सुनसान जस्तै बनेका छन्।शिक्षण संस्था पनि ठप्प भएका छन् भने उद्योगधन्दा पनि बन्द छन्।

बन्दको पूर्व सन्ध्यामा सोमबार मसाल जुलुसमा सहभागी नेकपाका जिल्ला नेता सन्तोष परियारसहित ६ जनालाई प्रहरीले बोर्डगाउँबाट पक्राउ गरेको छ।बन्दमा प्रेस, मानवअधिकार, एम्बुलेन्सका सवारीसाधन चल्न दिने नेकपाले बताएको छ।

बन्दकर्ताहरु सडकमा नदेखिए पनि बन्दको हल्लैहल्लाले सर्वसाधारण दोधारमा परेका छन्। बन्दले गर्दा राष्ट्रिय योजनाका विकास निर्माणका काम प्रभावित भएका छन् भने मजदुरहरु पनि बन्दको प्रत्यक्ष मारमा परेका छन्।

यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले शान्ति सुरक्षा खलल पुर्‍याउने जो कोहीलाई पनि कानुनी कारवाही गर्ने बताएका छन्।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.