डोल्पामा विप्लवका कार्यकर्ता पक्राउ
डोल्पा : विप्लव माओवादीका डोल्पा जिल्ला सदस्य गोकर्ण थापा पक्राउ परेका छन्। मंगलबार बिहान सदरमुकाम दुनैबाट थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।
थापालाई विप्लव माओवादीले मंगलबार गर्ने भनेको नेपाल बन्दमा सक्रिय हुनसक्ने भन्दै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। सरकारी सम्पतीमाथि हानिनोक्सानी पुर्याउने योजना बनाएको विशेष सुत्रबाट थाहा पाएपछि उनलाई पक्राउ गरिएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक हरीप्रसाद शर्माले जानकारी दिए।
जिल्लामा बन्दको प्रभाव नपरे पनि सुरक्षामा कडाइ गरिएको प्रहरीले जानकारी दिएको छ।