संघीयतालाई स्थायित्व दिन दलका नेता जिम्मेवार : प्रदेश प्रमुख सुब्बा
फिदिम : जनताको चाहना अनुरुप नेपालमा संघीयता कार्यान्यवन हुन सकेको प्रदेश १ का प्रदेश प्रमुख गोविन्द सुब्बाले बताएका छन्।अन्तर्राष्ट्रिय केलाङ महोत्सवको उद्घाटन गर्न फिदिम आइपुगेका सुब्बाले सोमबार बिहान पत्रकारसँग कुरा गर्दै संघीयतालाई स्थायित्व दिन दलका नेताहरु जिम्मेवार हुनुपर्नेमा जोड दिए।
‘प्रदेश सरकारमा धेरै चुनौतीहरु छन्,' सुब्बाले भने ‘अनेकौ चुनौतीका बाबजुद हामीले संघीयता कार्यान्वयन गरी छाड्यो। समृद्ध प्रदेश बनाउन दलका नेताले चुनावको बेला जनतासामु गरेको प्रतिज्ञा पुरा गर्नतर्फ लाग्नुपर्छ।' प्रदेशको हितका लागि नेताहरु दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने सुब्बाको भनाइ छ।
प्रदेशको हितका लागि प्रदेश प्रमुखको तर्फबाट गर्नुपर्ने काममा आफू पछि नहट्ने उनको भनाई थियो।‘म जनताको मान्छे हो,' उनले भने, जनताको हितको लागि काम काम गर्नेछु'