बर्दियामा बन्दको प्रभाव
बर्दिया : नेकपा माओवादी नेत्रविक्रम चन्द विप्लव समूहले गरेको बन्दको प्रभाव बर्दियामा पनि परेको छ।बन्दका कारण बर्दियाबाट लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन्।
निजी तथा सरकारी विद्यालय समेत खुलेका छैनन्।बर्दियामा बजार, विद्यालय, यातायात बन्द हुँदा जनजीवन प्रभावित बनेको छ।बजारमा सुरक्षाकर्मी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी युवराज खड्काले बताए।उनले भने, बन्दका बेला कुनै घटना हुन नदिन हामी तैयारी अवस्थामा छौं।
फाट्ट फुट्ट पसल खोलिए पनि यातायात पूर्णरुपमा बन्द छन्। समूहको थारुवान स्वायत्त प्रदेश जनपरिषद नेपाल प्रादेशिक न्याय विभागले एक विज्ञप्ती जारी गर्दै बन्दको समर्थन गरेका छन्।
स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली, पालिट व्युरो सदस्य पदम राईलगायतका नेता तथा कार्यकर्तालाई विराटनगरमा पक्राउ गरिएको विरोधमा नेपाल बन्द आव्हान गरेका हुन्। सरकारले पक्राउ गरेका कार्यकर्तालाई रिहाइको माग गर्दै बन्द आह्वान गरिएको हो।