तीनकुने पुलमा बम आतंक (फोटोफिचर)
तस्बिर : अशोक दुलाल
काठमाडौं : नेपाली सेनाको डिस्पोजल टोलीले उच्च सर्तकताका बीच तीनकुने स्थित वामगती पुलमा भेटिएको शंकास्पद वस्तु निष्कृय पारेको छ। बानेश्वर वृतका प्रहरी नायव उपरीक्षक रवि पौडलले शंकास्पद वस्तु सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको जानकारी दिए।
शंकास्पद बस्तु तारले बेरिएको अवस्थामा राखिएको थियो। हातेघडी र रेडियोको एरियलसमेत सँगै राखिएको थियो। यस्तो देख्नासाथ सर्वसाधारणमा त्रास पैदा भएपछि प्रहरी र सेनाको टोलीले उक्त क्षेत्रलाई घेरा हालेर डिस्पोज गरेको हो।
प्रहरी उपरीक्षक पौडेलका अनुसार डिस्पोजका क्रममा शंकास्पद वस्तु केही नभएको पुष्टि भएको छ। उनले भने, ‘सेनाले उच्च सतर्कताका साथ डिस्पोज गर्दा केही नभएको पाइयो।’ बम आशंकामा एक घण्टा बढी तीनकुनेमा तनाव सिर्जना भएको थियो। वागमती पुलमा सवारी साधानको आवातजावत पूर्ण बन्द गरिएको थियो।
पुललाई नेपाल प्रहरी र सेनाले घेरा हालेर सवारी साधन र यात्रुको आवात-जावतमा रोक लगाइएको थियो। बम निष्कृय पारेपछि आवात-जावात सामान्य बनेको छ। बानेश्वर-कोटेश्वर खण्डमा सामान्य रुपमा सावारी साधान सञ्चालन भइरहेका छन्। बन्दका काठमाडौं कम सवारी साधान चलेका छन्। बन्दको देशभर सामान्य असर परेको छ।