प्रदेश २ का मुख्यमन्त्रीलाई गृह जिल्लामा एक सय ११ किलोको मालाले सम्मान

प्रदेश २ का मुख्यमन्त्रीलाई गृह जिल्लामा एक सय ११ किलोको मालाले सम्मान

वीरगन्ज : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई गृह जिल्ला पर्सामा एक सय ११ किलोको मालाले सम्मान गरिएको छ। पर्साले प्रदेशको पहिलो मुख्यमन्त्री पाएको खुसी मनाउँदै वीरगन्ज उद्योग वाणिज्य संघले मंगलबार स्वागत तथा सम्मान कार्यक्रम गरेको हो।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश मुख्यमन्त्री राउतले सुशासन सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन््। प्रदेशको समृद्धि र विकास सुशासनले नै सम्भव देखिएकाले प्रदेश सरकारले आफ्नो पहिलो प्राथमिकतामा राखेर अगाडि बढी रहेको उनको भनाइ छ।

‘यो प्रदेशमा उद्योग कलकारखाना बढी छन्, मुख्यमन्त्री राउतले भने, ‘त्यसैले प्रदेशमा कुनैपनि औद्योगिक नीति बनाउँदा सबै उद्योगी व्यवसायीको सहकार्यमा बनाउनेछु।’ राजनीतिक दल, उद्योगी व्यवसायी, पत्रकारसहित सबैजनाको सहकार्य भएमात्र प्रदेशको विकास सम्भव भएकाले हरेक व्यक्तिसँग हातेमालो गरेर अगाडि बढ्न आफू तयार रहेको उनको भनाइ छ।

वीरगन्जका व्यवसायीले राजधानीको विषयमा राखेको जिज्ञासमा बोल्दै मुख्यमन्त्री राउतले वीरगन्जलाई देशकै आर्थिक राजधानी बनाउनमा प्रदेश सरकारले पहल गर्ने बताए।

‘राजधानीको विषयमा अहिले धेरै विवाद भइरहेको छ, वीरगन्जलाई प्रदेशको राजधानी कायम गर्न पनि सम्भव छैन’, उनले भने, ‘त्यसैले अब सबै मिलेर राजधानीको लागि कुनै बीचको सहर रोजौँं ।’

वीरगन्जलाई देशको आर्थिक राजधानी र जनकपुरलाई देशको धार्मिक तथा सांस्कृतिक राजधानी बनाउन सकिने विकल्प रहेको सुझाव उद्योगीले मुख्यमन्त्रीलाई दिएका छन्। यसमा मुख्यमन्त्रीले आफू सकारात्मक भएको जानकारी गराए।

वीरगन्जका व्यवसायीले गरेको सम्मानप्रति धन्यवाद दिदैँ उनले भने, ‘विकास गर्नको लागि ममा आत्मविश्वास छ, त्यो पूरा पनि गरेर देखाउँछु।’ सम्मान कार्यत्रक्रममा भौतिक मन्त्री जीतेन्द्र सोनार, प्रदेशसभा सदस्य प्रह्लाद गीरी, जन्नत अन्सारी, रांगिनी वर्णवाल, मेयर विजय सरावगी, संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य फिरोज मन्सुरलगायत सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.