ओली सरकारलाई ठूला कुरा नगरी समयको पालना गर्न बाबुरामको सुझाव

ओली सरकारलाई ठूला कुरा नगरी समयको पालना गर्न बाबुरामको सुझाव

काठमाडौं : नयाँ शक्तिका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ सरकारलाई ठूला कुरा नगरी समय पालना गर्न सुझाव दिएका छन्। नयाँ सरकार गठनपछिको एक हप्ताको अनुभवले कुरा ठूला गर्ने तर, समयको पालना नगर्ने प्रवृत्ति देखिएको भन्दै बाबुरामले केपी ओली नेतृत्वको नयाँ सरकारलाई समयको पालना गर्न सुझाव दिएका हुन्।

उनले समयमा काम नहुँदा कस्तो समृद्धि हुने भन्दै प्रश्नसमेत गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा पछिल्ला राजनीतिक गतिविधिलाई उदाहरण दिँदै बाबुरामले यस्तो सुझाव दिएका हुन्।

‘विगत एक हप्ताको अनुभव: १ प्रमको शपथ ग्रहण एक घण्टा ढिलो, २. सेना दिवस समारोह डेढ घण्टा ढिलो, ३. एयरपोर्टमा प्लेन डेढ घण्टा ढिलो !’, बाबुरामले ट्विटमा लेखेका छन्, ‘यसरी कस्तो समृद्धि होला ? त्यसैले ठूला कुरा गर्नुभन्दा पहिलो सबैतिर समय पालना गरौँ न ! नयाँ सरकारले यसको सुरुवात गरोस् न ! त्यसै Time is money भनिएको होइन र ?


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.