मंगलबारको नेपाल बन्द सफल भएको विप्लवको दाबी, थप आन्दोलनका कार्यक्रम सार्वजनिक

मंगलबारको नेपाल बन्द सफल भएको विप्लवको दाबी, थप आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले मंगलबार घोषणा गरेको आन्दोलन सफल भएको दाबी गरेको छ। बन्द सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बन्द सफल भएको दाबी गरेका हुन्।

‘राज्य आतंक र ओली सरकारको दमनविरुद्ध आयोजित आजको नेपाल बन्द आम जनता, मित्र राजनीतिक शक्तिहरु र नेता कार्यकर्ताको समर्थन र सक्रियतामा शानदार ढंगले सफल भएको छ’, विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘बन्दलाई सफल पार्न साथ सहयोग गर्ने राजनीतिक पार्टी र आम जनतालाई हार्दिक आभारसहित धन्यवाद दिन चाहान्छौं।’

विप्लवले विज्ञप्तिमा बन्द गराउँदै हिड्ने नेता कार्यकर्ता पक्राउ गरेकोप्रति आक्रोश व्यक्त गरेका छन्। उनले गिरफ्तारीमा परेका सबै नेता तथा कार्यकर्तालाई तत्काल मुक्त नगरे आइपर्ने परिस्थितिको जिम्मेवार ओली सरकार हुनुपर्ने चेतावनी समेत दिएका छन्।

‘बन्द सघर्षमा सहभागी सयौंको संख्यामा नेता कार्यकर्तालाई गिरफ्तार गर्ने कार्य गरिएको छ। हामी ओली सरकारलाई पुनः चेतावनी दिन चाहान्छौं कि शान्तिपूर्ण कार्यक्रममा सहभागी स्थायी समिति सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राईलगायत बन्दका क्रममा गिरफ्तार पर्नुभएका सम्पूर्ण कमरेडलाई यथाशिघ्र मुक्त गरियोस्’, विज्ञप्तिमा थप भनिएको छ,‘अन्यथा अझ सशक्त कार्यक्रमको घोषणासहित प्रतिरोध गरिने छ। संघर्षबाट पैदा हुने परिस्थितिको जिम्मेवार ओली सरकार नै हुनु पर्ने छ।’

सँगै विप्लवको पार्टीले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। जस अन्तर्गत फागुन ९ गते कोणसभा, १० गते अन्तरक्रिया, ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने, १२ गते प्रदर्शन गर्ने र १३ गते देशव्यापी कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.