बन्दीपुरेलाई संस्कृति जोगाउने चिन्ता

बन्दीपुरेलाई संस्कृति जोगाउने चिन्ता

दमौली : बन्दीपुर प्राचीन भक्तपुरे शैलीको नेवारी सम्पदाका कारण चर्चित छ। मल्लकालपछि शाहवंशको सुरुवाती शासनकालमा भक्तपुरका नेवारहरूले व्यापारिक प्रयोजनका लागि बस्ती बसालेको विश्वास यहाँ छ।

पहिले भक्तपुरे नेवारले बस्ती बसाले पनि समयक्रमसँगै पुराना भवनका साटो नयाँ र आधुनिक भवन बन्दै जान थालेपछि अहिले बन्दीपुरको पहिचान हराउने हो कि भन्ने धेरैलाई चिन्ता छ।

त्यही चिन्ता दूर गर्दै बन्दीपुरको प्राचीन संस्कृति जोगाउनका लागि यहाँका जनप्रतिनिधि र पर्यटन व्यवसायीले प्रयास थालेका छन्। बन्दीपुरको प्राचीन शैलीको घर संरक्षण गर्दै सांस्कृतिक पर्यटनलाई जोगाउने विधि सिक्न उनीहरूले काठमाडौं उपत्यकाका तीनवटै प्रमुख सहरका सम्पदा तथा संस्कृतिको अवलोकन गरेका छन्।

यसका लागि सक्रियता देखाएको तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाइका सभापति बैस गुरुङ संस्कृति हराउने खतरा देखा परेकाले कसरी दीर्घकालसम्म जोगाउन सकिन्छ भनेर अवलोकन गरिएको बताउँछन्। ‘सांस्कृतिक पर्यटनको पहिचान जोगाउन स्थानीय सरकार र व्यवसायी तात्नु जरुरी छ', उनले भने, ‘त्यसैका लागि भ्रमणमार्फत सिकाइ विकास गर्न लागिएको हो।' हालै बन्दीपुर गाउँपालिकाले यहाँका घरको स्वरूप प्राचीन भक्तपुरे शैलीमै कायम राख्न नक्सापासमा २५ प्रतिशत सहुलियतको घोषणा गरिसकेको जानकारी गाउँपालिका अध्यक्ष पूर्णसिं थापा बताउँछन्।

भ्रमणमा सहभागीले काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति तथा पर्यटन व्यवसायी भरत बस्नेतसँग अन्तक्र्रिया गरेका थिए।

भेटका क्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भूकम्पपछिको पुनर्निर्माण तथा नगरपालिकाले थालेका विकास योजनाहरूबारे जानकारी दिएका थिए।भक्तपुर नगरपालिकाले प्राचीन शैलीको भवनका लागि ३५ प्रतिशतसम्म अनुदान नगरपालिकाले दिएको र संरक्षित क्षेत्रसमेत घोषणा गरेको छ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले आफूहरूले धेरै नसके पनि बन्दीपुरले संस्कृति जोगाउन समयमै प्रयास गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘बन्दीपुर समयमै जागरूक भएको राम्रो।'

पर्यटन व्यवसायी भरत बस्नेतले बन्दीपुरले संस्कृति जोगाउन सके मात्र गुणस्तरीय पाहुना भित्र्याएर प्रशस्त धनआर्जन गर्न सक्ने बताए। ‘संस्कृति जोगाएर मात्र गुणस्तरीय पाहुना भित्र्याउन सकिन्छ' उनले भने, ‘सस्तो पर्यटनभन्दा संस्कृति जोगाउन सकिए गुणस्तरीय पर्यटनबाट लाभ लिन सकिन्छ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.