नयाँ शक्तिको विस्तारित बैठकमा बाबुरामले गरे बुद्धवाणीको चर्चा

नयाँ शक्तिको विस्तारित बैठकमा बाबुरामले गरे  बुद्धवाणीको चर्चा

काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले विश्वले नयाँ विचारको उज्यालो खोजिरहेको बेला नयाँ विचार दिन लुम्बिनी आएको बताएका छन्। नयाँ शक्तिको चौथो विस्तारित बैठकको बुधबार लुम्बिनीमा उद्घाटन गर्दै संयोजक भट्टराईले लुम्बिनीबाट वैचारिक उज्यालो प्राप्त गरेर नयाँ संकल्पसहित कार्यक्षेत्रमा फर्कने बताए ।

‘विश्वले नयाँ विचारको उज्यालो खोजिरहेको छ। जसरी अन्धकारको युगमा गौतम बुद्धले लुम्बिनीमा जन्मिएर विश्वभरी ज्ञानको उज्यालो छर्नुभयो, उनले भने , अहिले विश्व वैचारिक संकटबाट गुज्रिरहेको छ, हामी लुम्बिनीबाट नयाँ विचारसहित नयाँ संकल्प गरेर कार्यक्षेत्रमा जान्छौं ।’संयोजक भट्टराईले विश्व नै वैचारिक संकटबाट ग्रुज्रिरहेकोले बुद्धले जस्तै आँट गरेर नयाँ विचार दिनुपर्ने बताए ।

‘भारतमा पनि हिन्दू अतिवादी दक्षिणपन्थी शक्ति सल्बलाइरहेको छ। चीनमा पनि वैचारिक संकट छ। अमेरिकामा डोनाल्ड ट्रम्प पनि उल्टो बाटो हिंडिरहेका छन्,’ उनले भने , ‘हामीले फेरि एउटा आँट गरेका छौं, हामी यसको नेतृत्व गर्न सक्छौं ।’ संयोजक भट्टराईले नयाँ शक्ति र नयाँ विचार एकैपटक पैदा नहुने बताए ।

‘नयाँ शक्ति र नयाँ विचार एकैचोटि पैदा हुँदैन, थुप्रै घातप्रतिघात र असफलताको श्रृंखलाबाट जन्मन्छ, उनले भने, गौतम बुद्धले पनि त्यति सजिलै बुद्धत्व प्राप्त गर्नुभएको होइन। बुद्धले कसरी कष्टसाध्य ढंगले ज्ञान प्राप्त गरे भन्ने सविस्तार व्याख्या गर्दै संयोजक भट्टराईले ६ महिनासम्म तपस्या गर्दा सबै साथीले छाडेको , भागदौड मच्चिएको र ज्ञान प्राप्ति भएको बेला बुद्ध एक्लै भएको स्मरण गराए ।

राजा शुद्धोधनले पनि ९ पटकसम्म दरबार बोलाउन पठाएका थिए, अत्याउने र सुन्दरीहरुबाट मोहित गर्ने प्रयास पनि भएको थियो। उनले भने
संयोजक भट्टराईले नयाँ शक्तिमा पनि धेरै नेताहरु राजपाठ छाड्दै त्याग गरेर यो अभियानमा जोडिएको बताए। ‘राजनीति बिग्रिएको छ, फोहोर र भ्रष्टाचारबाट व्याप्त छ, ’ उनले भने, हिजोका क्रान्तिकारीहरु पनि भ्रष्टाचारले रंगिएका छन्। यसर्थ, हामीले रुपान्तरणको लागि नयाँ राजनीति सुरु गरेका हौं ।’

नयाँ शक्ति रातारात बन्छ भन्ने भ्रम आफूले दिन नचाहेको बताउदै संयोजक भट्टराईले पुराना शक्तिहरु आफैंभित्र समस्याग्रस्त भएकोले वैकल्पिक तेस्रो ध्रुवको रुपमा उदाउने निश्चित भएको बताए। शरीरको रोगलाई डाक्टरको आँखाले मात्र देख्छ, पुराना शक्तिहरुको आकार जतिसुकै ठूला भए पनि उनीहरुभित्र रोग र विकृति छ, उनले भने,‘उहाँहरु उहाँकै रोगले सकिनुहुन्छ, यसकारण उहाँहरुबाट समृद्धि सम्भव छैन ।’ उनले नयाँ शक्तिले आफैभित्रका पनि रोगहरुको उपचार गर्दै लुम्बिनी संकल्प गरेर कार्यक्षेत्रमा फर्कने बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.