प्रदेश ६ मा सांसद नहुँदा बैठक स्थगित

प्रदेश ६ मा सांसद नहुँदा बैठक स्थगित

सुर्खेत : सांसद प्रदेशको सदरमुकाममा नभएपछि प्रदेश ६ को प्रदेशसभा बैठक नै स्थगित भएको छ। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको संसदको चौंथो बैठक सांसद नभएका कारण बस्न सकेन। प्रदेश सभाको अर्को बैठक शनिबारका लागि तोकिएको छ।

प्रदेश सभाका अधिकांश सांसद केन्द्रीय राजधानी काठमाडौं गएका छन्। केही सांसद सुर्खेत बाहिर छन्। सबै सांसद उपस्थित हुन नसक्ने भएपछि बुधबारको बैठक सूचना टाँसेर स्थगित भएको हो। प्रदेशसभा सचिवालयका अनुसार बुधबारको बैठकमा प्रदेशको नामाकरण गर्ने र राजधानी तोक्ने कार्यसूची थियो।

तर, अधिकांश सांसद प्रदेश मुकाम सुर्खेत बाहिर रहेको र गहन विषयमा निर्णय गर्नुपर्ने भएकाले बुधबारको संसद बैठक स्थगित गरिएको सचिवालयले जानकारी दिएको छ। प्रदेशसभा सचिवालयका सचिव राजेश पौडेलले भने, ‘बुधबारको बैठकमा प्रदेशको नामाकरण गर्ने र राजधानी तोक्ने कार्यसूची थियो, यो गहन विषय भएकाले सबै सांसदको उपस्थिति अनिवार्य हुन्छ। तर, बुधबार सबै सांसद बैठकमा सहभागी हुने स्थिति देखिएन, हामीले शनिबार सबै माननीयलाई उपस्थित गराउने गरी बैठकको सूचना टाँस गरेका छौं।’

प्रमुख प्रतिपक्ष दलका नेतासहित अधिकांश सांसद वीरेन्द्रनगरमा छैनन्। सबैको सहमति र उपस्थितिमा प्रदेशको नामाकरण गर्ने र राजधानी तोक्नका लागि भन्दै शनिबार संसद बैठक बोलाइएको छ। शनिबार बस्ने बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाएर केही समयका लागि संसद स्थगित गर्ने तयारी भइरहेको छ।

यसैबीच नेकपा एमालेले प्रदेश नम्बर ६ को संसदीय दलको प्रमुख सचेतक नियुक्त गरेको छ। बुधबार वीरेन्द्रन्गरमा बसेको संसदीय दलको बैठकले गुलाबजंग शाहलाई प्रमुख सचेतकमा नियुक्त गरेको हो। शाह सल्यान निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद हुन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.