फोरमलाई सरकारमा सहभागी हुन एमालेको आग्रह

फोरमलाई सरकारमा सहभागी हुन एमालेको आग्रह

 

काठमाडौं : एमालेले मधेसी र मधेसवादी दलको संविधान संशोधनको माग सम्बोधन गर्न पहिलो पटक बुधबार संघीय फोरमका नेताहरूसँग सरकारमा सहभागी हुन आग्रह गरेको छ। एमालेले राजपाका नेताहरूसँग पनि सरकारमा सहभागी हुन अनौपचारिक आग्रह गर्दै आएको छ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा संघीय फोरमसँग भएको बैठकमा एमालेले सरकारमा सहभागी हुन प्रस्ताव राखेको र आफूहरूले संविधान संशोधन नभइ सरकारमा सहभागी हुन सम्भव नभएको बताएको जानकारी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले दिए। उनले भने, ‘संविधान संशोधनसम्बन्धमा एमाले खुला हुन खोजेको पायौं।’ संविधान जारी भएपछिका २९ महिनाको अभ्यासमा तपार्इंहरू असफल भएको स्वीकार्दै संशोधनका लागि अघि बढ्ने हिम्मत गर्नुहोस् भनेर फोरमले एमालेसँग आग्रह गरेको थियो। एमालेले ‘संशोधनको आवश्यकता र औचित्य हेरेर अघि बढ्ने भएकाले सरकारमा तपार्इंहरूको सहभागिता आवश्यक ठान्छौं’ भन्ने धारणा राखेको स्रोतले बतायो।

वाम गठबन्धनबीच पार्टी एकताका लागि सातबुँदे सहमति हुँदै गर्दा सोमबार राति प्रधानमन्त्री निवास पुगेका संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केहीबेर गोप्य मन्त्रणा गरेका थिए। नेतात्रयबीच भएको गोप्य मन्त्रणा पनि फोरम र राजपालाई सत्तामा आउने वातावरण तयार पार्नका लागि भएको दाबी स्रोतले गरेको छ।

यसैबीच महन्थ ठाकुरसँग प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालले सम्पर्क गरिरहेका छन् भने केही दिनअघि राजपाका नेताद्वय वृषेशचन्द्र लाल र सर्वेन्द्रनाथ शुक्लासँग एमालेका नेताद्वय सुवास नेम्वाङ र अग्नी खरेलले प्रारम्भिक छलफल गरेका थिए। एमाले नेताहरू वाम गठबन्धनलाई मधेसवादी दलको समेत सहयोग रहेको प्रमाणित गर्न सरकारमा सामेल हुन प्रस्ताव राखेको राजनीतिक विश्लेषक बताउँछन्। मधेसवादी दल भने स्थानीय तह, प्रदेशसभा र संघीय संसद्मा पाएको मतको सम्मानका लागि संविधान संशोधनबिना सरकारमा सामेल हुन सक्ने परिस्थिति नभएको धारणा राख्छन्।

शीर्षस्तरमा वार्ता गर्दै अघि बढौं : महासचिव यादव

संघीय फोरमका महासचिव रामसहाय यादवले संविधान संशोधनबिना सरकारमा सहभागिताको प्रश्न नहुने भन्दै शीर्ष नेतृत्वबीच परामर्श गरी कार्यदलको गठन गरी त्यसमार्फत अघि बढ्न उपयुक्त हुने बताए। उनले भने, ‘पहिलो पटक एमाले संशोधनका पक्षमा सकारात्मक देखिएको छ। शीर्ष तहमा कुरा राख्दै हामी अघि बढ्छौं।’ एमालेका नेता सुवास नेम्बाङले फोरम र राजपाले उठाउँदै आएको संविधान संशोधनमा छलफल गर्दै सकारात्मक ढंगले अघि बढ्न एमाले तयार रहेको बताए। एमालेका तर्फबाट बैठकमा सचिव प्रदीप ज्ञवाली पनि सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.