कांग्रेसले डाक्यो संसदीय दल बैठक

कांग्रेसले डाक्यो संसदीय दल बैठक

काठमाडौं : कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। कांग्रेसले फागुन १२ गते संसदीय दलको कार्यालयमा बिहान ९ बजे बैठक बोलाएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडैलले बताए।

कांग्रेसले बुधबार दिउँसो बिहीबार कार्यसम्पादन समितिको बैठक बोलाएको सूचना जारी गरेको थियो तर साँझ कार्यसम्पादन समिति बैठक स्थगित गर्दै आउँदो १२ गते संसदीय दलको पहिलो बैठक आह्वान गरेको छ। प्रतिनिधिसभामा कांग्रेसको ६३ सिट र राष्ट्रियसभामा १३ सिट छ। पहिलो बैठकले संसदीय दलको विधानमा परिमार्जन गर्नुका साथै संसदीय दलको नेता चयन प्रक्रियासम्बन्धमा छलफल गर्ने मुख्यसचिव पौडैलले बताए। अहिलेको संसदीय दलको विधान संविधानसभाअनुसार भएकाले परिमार्जन गर्नु आवश्यक छ। आउँदो शनिबार बस्ने पहिलो बैठकले विधान परिमार्जन गरेपछि मात्र संसदीय दलको नेता चयनको बाटो खुल्ने पौडैले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक २१ गते आह्वान गरेपछि कांग्रेसले संसदीय दलको बैठक डाकेको छ। संघीय सदनको बैठक आह्वानसँगै कांग्रेसमा संसदीय दलको नेता चयनबारे चर्चा सुरु भएका बेला पार्टीले संसदीय दलको पहिलो बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवा पक्षका सांसदको संख्या धेरै छ। पौडेल समूहबाट देउवालाई चुनौती दिन नेता प्रकाशमान सिंहले सार्वजनिक घोषणा गरिसकेका छन्। मुख्यसचिव पौडेलले संसदीय दलको पहिलो बैठकमा विधान परिमार्जनसँगै ससंदीय दलको नेताबारे छलफल हुन सक्ने बताए। उनले भने, ‘संसदीय दलको नेता चयन अलि पछि नै हुनेछ।’

पहिलो बैठकले संसदीय दलको विधान परिमार्जन गर्नुका साथै संसदीय दलको नेता चयन प्रक्रियासम्बन्धमा छलफल गर्ने

मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सांसदहरूले सपथ लिइसकेपछि मात्र संसदीय दलको नेता चयन गरिने बताएका थिए। कांग्रेसमा पौडेलसहित अन्य समूहहरूले चुनावमा पार्टीको लज्जास्पद पराजयपछि सभापति देउवाभन्दा अरु नै नेतालाई संसदीय दलको नेता बनाउँदा सकारात्मक सन्देश जाने दाबी गर्दै आएका छन्। देउवा नै संसदीय दलको नेता बन्ने लगभग निश्चितजस्तै रहेको उनी निकटस्थले बताउने गरेका छन्।

महामन्त्री शंशाक कोइरालाले आफूलाई समर्थन गरे सर्वसम्मत संसदीय दलको नेता बन्ने इच्छा देउवासँग सार्वजनिक रूपमा प्रकट गरेका छन्। सर्वसम्मत नभए आफू देउवासँग प्रतिस्पर्धामा नउत्रनेसमेत कोइरालाले जनाएका छन्। देउवाले कोइरालालाई समर्थन नगरे पौडेलसहित अन्य समूहले नेता सिंहलाई संसदीय दलको उम्मेदवार बनाउने गृहकार्य थालिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.