प्रतिनिधिसभामा जेठा महिन्द्र, राष्ट्रियसभामा तारादेवी

प्रतिनिधिसभामा जेठा महिन्द्र, राष्ट्रियसभामा तारादेवी

काठमाडौं : महन्थ ठाकुरभन्दा ५ वर्षले जेठा राजपा नेता महिन्द्र रायले प्रतिनिधिसभाका सांसदहरूलाई सपथ गराउने भएका छन्। नयाँ संविधानप्रति असन्तुष्टी राख्दै आएको राजपाका नेताले प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, सुवास नेम्बाङलगायत नेताहरूले सपथ लिने निश्चित भएको छ। सभामुख निर्वाचित नभएसम्म ज्येष्ठ सदस्यले अरु सांसदलाई सपथ गराउने र प्रतिनिधिसभाको सभामुखको हैसियतमा काम गर्ने संवैधानिक व्यवस्था छ।

संसद् सचिवालयका अधिकारीहरूले राजपा नेता महन्थ सबैभन्दा जेठा सदस्य हुनसक्ने अनुमान गरेका थिए। तर निर्वाचन आयोगले महन्थभन्दा महिन्द्रको उमेर ५ वर्ष बढी भएको भन्दै विवरण पठाएपछि सचिवालयका कर्मचारी पनि अचम्भित बनेका थिए। उनीहरूले रायको नागरिकता मागेर आयोगले पठाएको विवरण चेक गरेका थिए। नागरिकताअनुसार महेन्द्र ८० वर्ष पुगेको पुष्टि भएपछि सचिवालयले उनलाई जेष्ठ सदस्यको सपथ लिन र सभामुखको हैसियतमा काम गर्नुपर्ने जानकारी गराएका छन। महन्थको उमेर ७५ वर्ष छ। ‘आयोगको विवरणसँग उहाँ (महिन्द्र) को नागरिकता भिडाउँदा मेल खायो र उहाँ नै ज्येष्ठ सदस्य भएको प्रमाणित भयो’, सचिवालयका सहसचिव कृष्णहरि खडकाले भने, ‘सभामुखको चयन नभएसम्म उहाँले नै सभामुखको पनि भूमिका निर्वाह गर्नुहुन्छ।’

जेठा सदस्यले राष्ट्रपतिबाट सपथ लिइसकेपछि अरु सदस्यलाई सपथ गराउनुपर्छ। फागुन २१ गते संसद् अधिवेशन आह्वान भइसकेकाले सचिवालयले एक दिनअघि सांसदहरूको सपथ गराउने तय गरेको छ। सचिवालयका प्रवक्ता भरतराज गौतमका अनुसार फागुन २० गते संसद् भवन नयाँ बानेश्वरमा ४ बजे प्रतिनिधिसभा र ५ बजे राष्ट्रियसभाका सांसदको सपथ गराउने कार्यक्रम तय भएको छ। संविधानको धारा ८८ मा संघीय संसद्को प्रत्येक सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम सपथ लिनुपर्ने व्यवस्था गरेको छ।

कांग्रेसकी तारादेवी भट्ट राष्ट्रियसभामा जेठी सदस्य भएकी छन्। एमालेका हरिचरण सिवाकोटी र तारादेवीको उमेर समान ६९ वर्ष रहे पनि महिनाले तारादेवी जेठी सदस्य देखिएकी हुन्। ‘तीन महिनाले उहाँ (तारादेवी) जेठी देखिनुभयो’, सहसचिव खडकाले भने। तारादेवीले पनि राष्ट्रपतिबाट सपथ लिएपछि राष्ट्रियसभाका अन्य सांसदलाई सपथ गराउनुपर्छ। संविधानले पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाले सभामुख र उपसभामुख तथा राष्ट्रियसभाले अध्यक्ष र उपाध्यक्ष चयन गरिसक्नुपर्छ।

वाम गठबन्धनले प्रतिनिधिसभाका सभामुख÷उपसभामुख र राष्ट्रियसभाका अध्यक्ष÷उपाध्यक्षबारे छलफल चलाए पनि कसलाई बनाउने निर्णय गरिसकेका छैनन्। दुवै सदनमा वाम गठबन्धनको स्पष्ट बहुमत रहेकाले उनले नै चार वटै पद जित्ने निश्चित छ। प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला र फरक फरक दलबाट हुनुपर्ने व्यवस्था छ। राष्ट्रियसभामा अध्यक्ष वा उपाध्यक्षमध्ये एक जना महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.