मन्त्रिपरिषद विस्तारबारे प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

मन्त्रिपरिषद विस्तारबारे प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोली र नेकपा (माओवादी केन्द्र) का पुष्पकमल दाहाल ‘प्रचण्ड' बीच आज भेटवार्ता भएको छ।मन्त्रिमण्डल विस्तार एवं पार्टी एकता प्रकियाबारे दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।

भेटावार्ता जारी रहेको र त्यसलगत्तै दुई दलको स‌ंगठन तथा राजनीतिसम्बन्धी कार्यदलको बैठक बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

कुन दलले कुन कुन मन्त्रालय लिने भन्ने विषयमा उनीहरुबीच छलफलको निष्कर्ष निस्केपछि स‌ंभवत आजै मन्त्रिपरिषद विस्तार हुनेछ।यही फागुन ३ गते नयाँ सरकार गठन भएपनि हाल मन्त्रिपरिषदमा प्रधानमन्त्रीबाहेक एमालेका दुई सदस्य मात्र छन्।

माओवादी केन्द्रले पार्टी एकता प्रक्रियाले मूर्तरुप लिएपछि आफू सरकारमा जाने भनेपछि यही फागुन ७ गते पार्टी एकताको सातबुँदे प्रारम्भिक आधारमा सहमति भएको थियो।रासस

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.