वाम एकतालाई पूर्णता दिन बालुवाटारमा दुई कार्यदलको संयुक्त बैठक

वाम एकतालाई पूर्णता दिन बालुवाटारमा दुई कार्यदलको संयुक्त बैठक

काठमाडौं : पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रले गठन गरेका दुईवटा कार्यदलको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। दस्तावेज तयार गर्न गठन गरेको विधान मस्यौदा तथा संगठनात्मक कार्यदल र प्रतिवेदन मस्यौदा कार्यदलको संयुक्त बैठक बालुवाटारमा सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

फागुन ७ गते एमाले-माओवादीले एकीकृत पार्टी सञ्चालन गर्न दुई छुट्टाछुट्टै कार्यदल गठन गरेका थिए। एकीकृत पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न ९ सदस्यीय समिति गठन भएको थियो। समितिमा माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल छन्।

त्यस्तै, अन्तरिम विधान र संगठनात्मक ढाँचा तयार पार्न सात सदस्यीय कार्यदल गठन भएको थियो। कार्यदलमा रामबहादुर थापा, ईश्वर पोखरेल, वर्षमान पुन, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, रघुवीर महासेठ र गिरिराजमणि पोखरेल छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.