पोखराबाट समातिए दक्षिण कोरियाका 'मोस्ट वान्टेड' ली

पोखराबाट समातिए दक्षिण कोरियाका 'मोस्ट वान्टेड' ली

काठमाडौं: अवैध लागू औधष कारोबार गरेको अभियोगमा दक्षिण कोरियाली प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एक व्यक्ति पोखराबाट पक्राउ परेका छन् ।

लागूऔषध ओसारपसार सहित ठगी मुद्दा पनि लागेर ‘मोस्ट वान्टेड’ रहेका दक्षिण कोरियाली नागरिक सिउङ् वन लीलाई प्रहरीले पोखराको लेकसाइडस्थित न्यु फ्रेन्ड्ली होम होटलबाट साताअघि पक्राउ गरेको हो ।

पक्राउ परेका ली लाई नेपालले दक्षिण कोरिया फिर्ता (डिपोर्ट) को तयारी गरेको छ। अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) बाट पनि रेड कर्नर नोटिस जारी भएका लीलाई प्रहरीलेअध्यागमन विभागमा बुझाएपछि कोरिया फिर्ता गर्न लागिएको हो ।

ली लाई आफ्नो देशमा लैजान कोरियाबाट शुक्रबार प्रहरीको एउटा टोली पनि काठमाडौँ आउने भएको छ। फिलिपिन्सबाट कोरियामा लागूऔषध ओसारपसार गरेको मुद्दामा उनीविरुद्ध कोरियाको अदालतले १० वर्ष जेल सजाय सुनाएको थियो । ली कम्बोडिया र हङकङमा समेत फरार व्यक्तिको सूचीमा छन् ।

अवैध लागु औधष कारोवार गरेको अभियोगमा लीविरुद्ध इन्टरपोल महासचिवालयले सन् २०१६ सेप्टेम्बरमा रेड कर्नर नोटिस निकालेको थियो । लीले फिलिपिन्सबाट अवैधरुपमा आफ्नो देशमा लागूपदार्थ आयत गर्ने गरेका थिए । ली अहिले ६ दिनदेखि काठमाडौँस्थित अध्यागमन विभागको हिरासतमा रहेका छन् ।

ली एम २५११२९९ नम्बरको राहदानी लिएर नेपाल छिरेका थिए । लीमाथि इन्टरनेटबा लाखौँ डलर ठगी गरेको अर्को अभियोग पनि लागेको छ । कोरियन प्रहरीले लामो समयदेखि खोजी गरिरहेका उनी नेपाल प्रहरीको फन्दामा परेका हुन् । ली जनवरी ८ तारिखमा नेपाल छिरेका बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.