कपिलवस्तुमा खेलकुद तालिम

कपिलवस्तुमा खेलकुद तालिम

 

तौलिहवा : कपिलवस्तुको जितपुर चानम्बरमा सञ्चालित खेलाडी र खेलकुद शिक्षक तालिम बिहीबार सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति कपिलवस्तुको आयोजनामा फागुन ५ देखि सुरु भएको तालिममा कपिलवस्तुलगायत पाँच जिल्लाका खेलाडी तथा खेलकुद प्रशिक्षक (शिक्षक) सहभागी भएका थिए ।

तालिमको नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक नवीन उप्रेतीले समापन गरे । समापन समारोहमा बोल्दै निर्देशक उप्रेतीले क्लब र समुदायबीच खेलकुदसम्बन्धी जानकारी पुर्‍याउन नसक्दा उत्कृष्ट नतिजा आउन नसकेको बताए । राष्ट्रको शिर उँचो पार्ने माध्यम खेलकुद भएकाले खेलकुद क्षेत्रलाई समुदायसम्म पुर्‍याउनुपर्नेमा उनले जोड दिए ।

तालिममा कपिलवस्तु, अर्घाखाँची, रूपन्देही, पाल्पा र नवलपरासीका ४५ खेलाडी तथा प्रशिक्षक सहभागी थिए । खेलकुदसँग सरोकार राख्ने प्रशिक्षक, खेलाडीलाई खेदकुदसम्बन्धी प्रयोगात्मक तथा व्यावहारिक सीप सिकाउन तालिम आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छविलाल रेश्मीमगरले जानकारी दिए । तालिममा खेलकुदमा भएका नयाँ नियम, नयाँ प्रविधि, परिवर्तित गतिविधि र वैज्ञानिक पद्धतिअनुसार खेल कसरी खेलाउने भन्नेबारे प्रशिक्षण दिइएको अध्यक्ष मगरले बताए ।

कबड्डी, एथलेटिक्स र भलिबल खेलसम्बन्धी तालिममा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक नवीन उप्रेती, राष्ट्रिय खेलकुद परिषद्का तालिम प्रशिक्षण विभागका उपनिर्देशक सुदेशकुमार रिमाल, एथलेटिक्सका प्रशिक्षक धनिराम चौधरी, कबड्डी प्रशिक्षक मन्सुर अलि मोहम्मदले सहजीकरण गरेका थिए ।

तालिममा सहभागी प्रशिक्षार्थीलाई तालिम समापनअघि परीक्षा पनि लिइएको थियो । खेल शिक्षक राजेन्द्र खनाल, ज्ञानबहादुर छन्त्याल, अजयप्रकाश यादव, रामप्रसाद गिरी, देवराज चौधरी, विष्णुकुमार थापा उत्कृष्ट चुनिए । उत्कृष्टले प्रदेश तथा जिल्लास्तरमा हुने एथलेटिक्स, भलिबल तथा कबड्डीको निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

वर्षौंसम्म खेलकुदसम्बन्धी विषय अध्यापन गराउँदै आए पनि खेलकुदसम्बन्धी ज्ञान तालिमपछि मिलेको खेल प्रशिक्षकले बताए । तालिमले धेरै कुरा सिकाएको वाणगंगा माविका खेल शिक्षक विष्णुकुमार थापाले बताए । उनले तालिममा सिकेका कुरा व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.