आमिरले किन माफी मागे रानी मुखर्जीसँग ?

आमिरले किन माफी मागे रानी मुखर्जीसँग ?

मुम्बई : बलिउडमा राम्रो पहिचान बनाएकी रानी मुखर्जीको करिब चार वर्षपछि चलचित्र हिचकीबाट फेरि सिनेमाको पर्दामा फर्किएकी छिन्। आवाज सुरुवाती दिनहरूमा संघर्षको कारण बन्यो। एक सञ्चार माध्यमसँगको कुराकानीमा मुखर्जीले आफ्नो चलचित्र क्षेत्रको सुरुवाती दिनहरूको बारेमा बताउँदै रानीका आवाजले अहिले कुनै समय यस्तो पनि थियो जुन बेला चलचित्रकारहरूका अनुसार उनको आवाज आदर्श अभिनेत्रीहरूको जस्तो पातलो छैन।

त्यही समय उनी ‘गुलाम’ र करण जोहरको फिल्म ‘कुछ कुछ होता है’मा सँगै काम गरिरहेकी थिइन्। करण जोहरले आफ्नो फिल्ममा रानीको असली आवाज नै डबिङमा राख्ने बताए। ‘करण त्यत्तिबेला नयाँनयाँ निर्देशक’ थिए उनले बताइन्, ‘मेरो आवाज डबिङमा अरूलाई पनि राख्न सक्थे तर उनले मप्रति भरोसा राखे’ र भने ‘तिम्रो आवाज तिम्रो पहिचान हो’। ‘उनको यही विश्वास मेरो लागि पछि हिम्मत बन्न पुग्यो।’

रानी बोल्दै गइन्, ‘कुछ कुछ होता है’ हेरि सकेपछि आमिर खानले मलाई फोन गरेर मसित माफी मागे’। उनले मलाई भने कि ‘मलाई विश्वास नै थिएन कि तिम्रो आवाज फिल्मको लागि सही हुने छ तर फिल्म हेरिसकेपछि म मेरा शब्द फिर्ता लिन्छु, तिम्रो आवाज राम्रो छ।’

Aamir-Khan-Rani-Mukerji

आवाज मात्रै होइन फिल्मको लागि रानीको छोटो कदको पनि टीकाटिप्पणी हुने गर्थे तर भाग्यवश उनले सलमान खान, शाहरुख खान र आमिर खानको साथमा काम गरिन् जहाँ उनको कदले कुनै फरक पारेन।

रानी मुखर्जी खुसी छिन् कि उनले फिल्म खेल्दै गर्दा थुप्रै ठूलाठूला निर्देशक, निर्माता, अभिनेता र टेक्निसियनहरूका साथ काम गर्ने मौका पाइन्। रानीका अनुसार पहिलो फिल्म भाग्यले मिल्ने भएता पनि त्यसपछिका अवसरहरू केवल हाम्रो प्रतिभाका आधारमा नै मिल्छ।

चार वर्षको अन्तरालमा ठूलो पर्दामा फर्किएकी रानीले तीन चार वर्ष अझै फिल्मको पर्दामा नफर्कने सोच रहेको बताइन् किनकि उनकी छोरी आदिरा दुई वर्षको मात्र भइन्। छोरी आदिराको रेखदेखमा रानी व्यस्त हुन थालेपछि निर्माता निर्देशक आदित्य चोपडाले उनलाई फिल्म क्षेत्रमा फर्कन दबाब दिए।

फिल्म हिचकीमा रानी मुखर्जी अध्यापकको रूपमा यस्तो भूमिकामा छिन् जसलाई टोरेट सिन्ड्रोम हुन्छ। यो एक यस्ता बिरामी हो जसमा व्यक्ति एकै भाव बारम्बार दोहोर्‍याउँछ। फिल्मको नाम ‘हिचकी’ हो। उक्त फिल्म अमेरिकाका एक प्रसिद्ध प्रेरणात्मक वक्ता तथा अध्यापक ब्रैड कोहेनबाट प्रेरित छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.