फ्रांक डाराबोन्टका ५ सिनेमा
१. द ससंक रेडेम्सन
स्टेफन किंगद्वारा सन् १९८२ लिखित ‘रिता हेवर्थ एन्ड ससंक रिडेम्सन’लाई १९९४ मा फिल्मका रूपमा ल्याइएको थियो। फिल्म, बेंकर एन्डी डुफ्रेन्सको कथालाई लिएर बनाइएको छ। श्रीमती मारेको आरोपमा उसलाई जेल लगिन्छ। उसलाई लामो समयसम्म थुनामै राखिन्छ। थुनामा बसिरहँदा उसले केही एकदमै मिल्ने साथी बनाएको हुन्छ। उसले जेलमा बिताएको कहानी र जेल तोडेर भागेको कुरालाई फिल्मले आकर्षक ढंगले देखाएको छ।
२.द ग्रिन माइल
द ग्रिन माइल सन् १९९९ को ‘फेन्टासी क्राइम’ सिनेमा हो। १९९६ मा स्टेफन किंगले लेखेको द ग्रिन माइलमै आधारित भएर सिनेमा बनाइएको हो। पल एड्गेकम्ब लामो यात्रामा हुन्छ। उसले एक दिन जोन कफीलाई भेट्छ। जोनको ज्यान ठूलो छ, हेर्दै डरलाग्दो। दुईवटा बहिनीलाई मारेको आरोप लागेको हुन्छ उसलाई। आममान्छेजस्तो सामान्य पटक्कै देखिँदैन ऊ। जोनलाई लागेको हत्याको आरोपबारे पलको जिज्ञासा फिल्मको मुख्य विषय हो।
३.द मिस्ट
खतरनाक आँधीबेहरीले एउटा घरलाई ध्वस्त बनाइदिन्छ। त्यसपछि डेभिड ड्रेटन र उसको छोरो खाना जगेर्ना गर्न सहरतिर लाग्छन्। सन् २००७ मा बजारमा आएको ‘साइफाई हरर’ सिनेमा हो यो। स्टेफन किंगद्वारा लिखित पुस्तक ‘द मिस्ट’को फिल्मी संस्करणमा निकालिएको हो। एउटा सामान्य परिवारको अवस्थालाई फिल्मको मुख्य कथावस्तु बनाइएको छ। एउटा आँधीपछि सामान्य घटनाहरू एकाएक कसरी असामान्य हुँदै जान्छ भनेर फिल्मले देखाउँछ।
४.द वमन इन द रुम
द ओमन इन द रुम तीस मिनेट लामो सिनेमा हो। स्टेफन किंगको कथामा आधारित भएर फ्रांक डोरबन्टले फिल्म निर्देशन गरेका थिए। एउटा मान्छे आफ्नी बिरामी आमालाई कुरेर बसेको छ। आमाको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै जान्छ। आमालाई रोगबाट मुक्त गराउने कि अहिलेको अवस्थामा छोड्ने भन्ने द्वन्द्वमा देखिन्छ छोरो। सन् १९८० मा डोराबन्टले स्टेफन किंगलाई पठाएको चिठीमा सकारात्मक प्रतिक्रिया पाएपछि उनले फिल्म बनाएका थिए।
५.द मेजेस्टिक
उदाउँदै गरेका हलिउड ‘स्क्रिन राइटर’ पिटर एल्लेटन १९५० तिर ‘रेड स्केयर’को ‘ब्ल्याकलिस्ट’मा पर्छ। लसन भन्ने ठाउँमा कार दुर्घटनामा पर्छ ऊ। एक्सिडेन्टबाट उठ्दा उसलाई आम्नेसिया भएको हुन्छ। उसले त्यहाँ ल्युक भन्ने एक तन्नेरी केटालाई भेट्छ। उसले ल्युकको बुवालाई मद्दत गर्छ। सन् २००१ को रोमान्टिक सिनेमा हो यो। यसको कथा माइकल स्लोअनले लेखेका थिए। ब्ल्याकलिस्टेड हलिउड फिल्म लेखक, द मेजेस्टीको मुख्य विषय हुन्।