मन्त्री छान्ने जिम्मा दुवै अध्यक्षलाई

मन्त्री छान्ने जिम्मा दुवै अध्यक्षलाई

काठमाडौं : एमाले र माओवादी केन्द्रबाट सरकारमा जानेको नाम टुंगो लगाउने जिम्मा दुवै पार्टीले आ-आफ्ना अध्यक्षलाई सुम्पेका छन्। दुवै पार्टीका बैठक र दोस्रो तहका नेताबीचको औपचारिक र अनौपचारिक छलफलबाट पनि मन्त्रीको नाम टुंगो लाग्न नसकेपछि अध्यक्षलाई जिम्मा दिइएको हो।

एमालेको शुक्रबार बसेको स्थायी समिति बैठकले मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई दिएको हो। माओवादी केन्द्रको विस्तारित बैठकले अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्न जिम्मेवारी दिएको थियो। शुक्रबार बसेको तीन नेताको बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष दाहाललाई सुम्पेको हो। तीन नेताले प्रदेशअनुसार सूची बनाएका थिए।

पार्टीका नयाँ, पुराना, समानुपातिक र भौगोलिक आधार मिलाएर मन्त्री छान्न जिम्मेवारी दिइएको थियो। प्रदेशअनुसारको सूची बमोजिम प्रदेश १ बाट अमनलाल मोदी, सुरेश राई, सुदन किराँती, प्रदेश २ बाट मातृका यादव, गिरिराजमणि पोखरेल, प्रदेश ३ बाट रामबहादुर थापा बादल र पम्फा भुषाल, प्रदेश ४ बाट देवेन्द्र पौड्याल र हरि अधिकारी, प्रदेश ५ बाट वर्षमान पुन र चक्रपाणि खनाल, प्रदेश ६ बाट जनार्दन शर्मा, प्रदेश ७ बाट विना मगर र लेखराज भट्ट सिफारिसमा परेका थिए।

नेता नारायणकाजी श्रेष्ठले भने, ‘नाम छनोट सकिए पनि अन्तिम नाम भने अध्यक्ष दाहालले नै छान्नु हुनेछ।’ स्रोतका अनुसार दाहालले छलफल गरी शनिबारसम्म नामको अन्तिम टुंगो लगाउने भएका छन्। एमालेको शुक्रबारको स्थायी समिति बैठकले अध्यक्ष ओलीलाई मन्त्री छान्ने अधिकार दिए पनि सबै जात, भूगोलको सन्तुलन मिलाएर मात्र नाम छान्न नेताहरूले सुझाव दिएका छन्। भूगोल, समावेशीता र पार्टीमा योगदान, योग्यता साथै क्षमता पनि ध्यानमा राख्न नेतृत्वलाई सुझाव दिएको बैठकमा सहभागी एक नेताले बताए।

एमालेको शुक्रबारको स्थायी समिति बैठकले अध्यक्ष ओलीलाई मन्त्री छान्ने अधिकार दिए पनि सबै जात, भूगोलको सन्तुलन मिलाएर मात्र नाम छान्न नेताहरूले सुझाव दिएका छन्।

मन्त्रिपरिषद् विस्तार आइतबारमन्त्रिपरिषद् विस्तार आइतबार मात्र हुने भएको छ। दुवै पार्टीले सरकारमा जाने मन्त्रीको नाम टुंग्याउन नसकेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो। एमाले सचिव प्रदीप ज्ञवालीले आइतबार मात्र मन्त्रिपरिषद् विस्तार हुने बताए। अध्यक्ष दाहालले पनि शुक्रबार एउटा सार्वजनिक कार्यक्रममा आइतबारसम्म मन्त्रिपरिषद् विस्तार हुने बताए।

अध्यक्ष ओलीले माओवादीसहित संघीय फोरम र राजपासँग छलफल गरेर मन्त्रिमण्डल विस्तार गर्ने योजना पार्टी बैठकमा सुनाएका थिए। ‘संघीय फोरम सरकारमा आउन सकारात्मक छ। राजपासँग पनि छलफल भइरहेको छ’, एक एमाले नेताले भने। फागुन ३ मा प्रधानमन्त्री बनेका ओलीले आफूसहित तीन जनाको मन्त्रिपरिषद् गठन गरेका थिए।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एक प्रधानमन्त्रीसहित १८ मन्त्रालय रहने निर्णय गरेको छ। केही दिनअघि एमाले र माओवादीबीच एमालेले प्रधानमन्त्रीसहित ११ र माओवादी केन्द्रले ७ मन्त्रालय लिने समझदारी भएको थियो। अब एमालेले १० र माओवादीले ५ मन्त्रालय लिने सम्भावना छ। संघीय फोरम र राजपालाई पनि सरकारमा ल्याउन छलफल भइरहेकाले बाँकी मन्त्रालय ती दुई पार्टीलाई दिइने एमाले स्रोतले बतायो। कुन पार्टीले कति मन्त्रालय लिने दाहाल र ओलीबीच शनिबार हुने छलफलबाट टुंग्याइने भएको छ।

एकता कार्यदल गठनको औपचारिक जानकारी पनि ओलीले बैठकमा गराएका थिए। ७ फागुनमा दुवै पार्टीले एकीकरणमा सहमत हुँदै अन्तरिम विधान र राजनीतिक प्रतिवेदनका आधारमा पार्टी सञ्चालन गर्ने नीति बनाउँदै दुई छुट्टाछुट्टै कार्यदल गठन गरेका थिए। बैठकले सहमतिलाई अनुमोदन गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

बैठकले माओवादी केन्द्रसँग एकता प्रक्रिया अघि बढेका बेला एमालेका विभिन्न जनवर्गीय संगठनको पूर्वनिर्धारित अधिवेशन र सम्मेलन पार्टी एकताको संवेदनशीलतालाई ध्यानमा राखी स्थगन गर्ने निर्णय गरेको छ। आन्तरिक भेला, प्रशिक्षण कार्यक्रमलाई भने निरन्तरता दिने निर्णय भएको सचिव भट्टराईले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.