हेटौंडा गोल्डकप : उपाधि चुम्ने दुव टोलीको दाबी

हेटौंडा गोल्डकप : उपाधि चुम्ने दुव टोलीको दाबी

 

हेटौंडा : दुई विभागीय टोली नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लब हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार आमनेसामने हुँदैछन्। साबिक विजेता आर्मी र पुलिसका प्रशिक्षकले जारी तेस्रो संस्करणको उपाधि जित्ने दाबी गरेका छन्।शुक्रबार भएको प्रि-म्याच कन्फ्रेन्समा दुवै क्लबका प्रतिशक्षकले उपाधि चुम्नेमा विश्वस्त रहेको बताए।

आर्मीले फाइनलको यात्रा तय गर्ने क्रममा पहिलो खेलमा सुदूरपश्चिमलाई टाइब्रेकरमा पन्छाएको थियो थियो भने सेमिफाइनलमा मनाङ मस्र्याङ्दीलाई १-० गोलले पराजित गर्दै पुलिससँगको भेट पक्का गरेको थियो। पुलिसले हेटौंडाको विजय युथलाई ३-० र संकटालाई २-० गोलले पराजित गर्दै उपाधिको दाबेदारका रूपमा आफूलाई उभ्याएको हो।

यस वर्ष मोफसलमा भएको पाँच गोल्डकप आफ्नो पक्षमा पार्दै पहिलो नम्बरको क्लब बनेको आर्मी र पछिल्लो समय लयमा देखिएको पुलिस क्लबबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने दर्शकको अपेक्षा छ। हालसम्म आर्मीले निर्धारित समयमा दुई गोल गरेको छ भने एक गोल खाएको छ। पुलिसले पाँच गोल गरेको छ भने अहिलेसम्म गोल खाएको छैन।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले यस वर्ष पनि उपाधि रक्षा गर्न तयार रहेको बताए। ‘हामी साबिक विजेता हौं। हेटौंडाको उपाधि जित्दै यस वर्ष हामी छैटौं ट्रफी भित्र्याउने तयारीमा छौं’, उनले भने। पुलिसका प्रशिक्षक अनन्तराज थापाले आफूहरूले हेटौंडामा उत्कृष्ट खेल खेलिरहेको र पुलिस क्लबको बढ्दो खेलको स्तरको कारण सजिलै उपाधि चुम्ने दाबी गरे। ‘हाम्रो टिमवर्क राम्रो छ। खेलको स्तर पनि बढेकाले उपाधि हामीले नै उचाल्छौं’ उनले भने।

यस वर्ष आर्मी र पुलिस मोफसलमा भएका नकआउट फुटबलको फाइनलमा पहिलो पटक भिड्दैछन्। आर्मीका तर्फबाट नवयुग श्रेष्ठ, भरत खवास र जर्जप्रिन्स कार्कीलगायतका खेलाडी मैदानमा उत्रँदैछन् भने पुलिसका नीरकुमार राई, सुमन लामा र अभिषेक रिजाल मुख्य खेलाडी हुन्।

हेटौंडा-१० स्थित वनविज्ञान खेलमैदानमा सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख प्राप्त गर्ने प्रतियोगिताका संयोजक विशाल घोषले जानकारी दिए। प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ पाउनेछन्।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.