प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट : सेमिफाइनल समीकरण पूरा

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट : सेमिफाइनल समीकरण पूरा

धनगढी : धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। शुक्रबार भएको पहिलो खेलमा पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई ९८ रनले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। शुक्रबार नै भएको अर्को खेलमा मध्यमाञ्चलले घरेलु टोली सुदूरपश्चिमलाई १२ रनले स्तब्ध बनायो।

पहिलो खेलमा नेपाली टोलीकी कप्तानसमेत रहेकी पूर्वाञ्चलकी रुविना क्षत्रीको उत्कृष्ट प्रदर्शनमा पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई फराकिलोअन्तरले पाखा लगायो। पूर्वाञ्चल समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो। टस जितेर ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर एक सय ३४ रन बनायो। पूर्वाञ्चलका काजोल श्रेष्ठले ४२, कप्तान रुविना क्षत्रीले ४१ र रोमा थापाले २५ रन बनाए। तेस्रो विकेटका लागि क्षत्री र श्रेष्ठले ६८ रनको साझेदारी गरेका थिए। मध्यपश्चिमाञ्चलकी अनुपमा गिरी, नेरी थापा, साया बस्नेतले एकएक विकेट लिए।

एक सय ३५ रनको विजयी लक्ष्य पछ्याएको मध्यपश्चिमाञ्चलले १९ ओभरमा सबै विकेट गुमाएर ३६ रनमै समेटियो। मध्यपश्चिमाञ्चलले १२ रन अतिरिक्त पाएको थियो। मध्यपश्चिमालका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् भने चार खेलाडीले खातासमेत खोल्न सकेनन्। मध्यपश्चिमालकी सीता मगरले ६ तथा शान्ति खत्री र सृष्टि डाँगीले समान चार रन बनाए। मध्यपश्चिमाञ्चललाई सस्तैमा समेट्न पूर्वाञ्चलकी कप्तान रुविना, अनुपमा चौधरी र संगम तामाङले दुईदुई विकेट लिए। खेलको प्लेयर अफ दी म्याच पूर्वाञ्चलकी कप्तान रुविना भइन्।

अर्को खेलमा मध्यमाञ्चलले सुदूरपश्चिमलाई १२ रनले हरायो। मध्यमाञ्चल समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो। टस जितेर ब्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा सात विकेट गुमाउँदै एक सय पाँच रन जोडेको थियो। मध्यमाञ्चलका लागि सीता श्रेष्ठले २३, अस्मिता खरेलले २२ तथा रोशनी बोहरा र कप्तान आरती विराडीले १४÷१४ रन बनाए। दोस्रो विकेटका लागि रोशनी र अस्मिताले २९ रनको साझेदारी गर्दै सम्मानजनक योगफलमा पुर्‍याएका थिए। सुदूरपश्चिमकी कविता जोशीले चार तथा कविता कँुवर र लक्ष्मी साउदले एकएक विकेट लिए।

एक सय ६ रनको मध्यम लक्ष्य पछ्याएको घरेलु टोली सुदूरपश्चिमले उत्कृष्ट सुरुवातका बाबजुत हार व्यहोर्न पर्‍यो। सुदूरपश्चिमले २० ओभरमा तीन विकेट गुमाएर ९३ रन मात्रै बनाउन सक्यो। सुदूरपश्चिमका लागि कविता कुँवर र कप्तान मञ्जु बोगटीले ३६ रनको साझेदारी गरेका थिए। कविताले २२ रन बनाइन् भने कप्तान मञ्जुले आठ रनको योगदान दिइन्। उत्कृष्ट बलिङ गरेर तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी कविता जोशीले अविजित रहँदै ३९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकिनन्। प्लेयर अफ दी म्याच मध्यमाञ्चलकी सीता श्रेष्ठ भइन्।

शनिबार हुने सेमिफाइनलमा मध्यमाञ्चलले पूर्वाञ्चलसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै अर्को खेलमा सुदूरपश्चिमलले विभागीय टोली एपीएफसँग खेल्नेछ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.