मुस्लिम महिलाका लागि ‘मि टु’

मुस्लिम महिलाका लागि ‘मि टु’

ह्यासट्यागको प्रयोग गर्दै ‘मस्क्यु मि टु’ लेख्ने मुस्लिम महिलाको संख्या बढिरहेको छ। आफूले भोगेको यौन दुव्र्यवहारको विरोधस्वरूप उनीहरूले सामाजिक सञ्जालमा उपस्थिति जनाए। ‘हज’ गर्न जाँदा पुरुषबाट दुव्र्यवहारमा परेको भन्दै उनीहरूले ह्यासट्याग अभियान चलाएका हुन्। ट्विटर यसका लागि गतिलो माध्यम बनिदियो। मुस्लिमहरू हरेक वर्ष धार्मिक कार्यका लागि ‘मक्का’ पुग्छन्। धार्मिक स्थानमा पुग्दा पुरुषबाट यौन दुव्र्यवहार खेप्नुपरेको उनीहरूको आवाज छ।

एक अपरिचित महिलाले फेब्रुअरीमा महिलाले भोग्नुपरेको यौन दुव्र्यवहारलाई लिएर फेसबुकमा स्टाटस लेखिन्। हज गर्न जाँदा मक्कामा आफूले पुरुषबाट यौन दुव्र्यवहार खेप्नु परेको कुरा उनले लेखेकी थिइन्। तर, उक्त महिलाले पोस्ट गरेको केही समयमै आफ्नो स्टाटस डिलेट गरेकी थिइन्। किन गरिन्, थाहा छैन। उनले डिलेट गरे पनि मुस्लिम महिलाले आफूमाथि भइरहेको हिंसालाई बाहिर ल्याउन थालिसकेका थिए। सामाजिक सञ्जाल गतिलो प्लेटफर्मको रूपमा मुस्लिम महिलाले प्रयोग गर्न थालिसकेका थिए। उनीहरूले आफ्नो कथालाई विश्वभरि नै पु¥याइसकेका थिए।

महिलाको एकाउन्ट देख्नेबित्तिकै जिस्क्याउने, घोचपेज गर्ने र हज गर्न जाँदा आफूले भोग्नुपरेको हिंसालाई लिएर उनीहरूले सामाजिक सञ्जालमा विरोध गर्न थाले। यसका लागि गतिलो अभियान बनिदियो– ह्यासट्याग मस्क्यु मि टु। इजिप्सियन–अमेरिकन फेमिनिस्ट मोना एल्टाह्वले पनि आफ्नो यस्तै अनुभव लेखेर ह्यासट्यागको प्रयोग गर्दै अभियानमा सामेल भएकी थिइन्। आफूले १५ वर्षको उमेरमा मक्कामा भोग्नुपरेको यौन दुव्र्यवहारलाई उनले सेयर गरेकी थिइन्। उनको त्यो ट्विट २४ घन्टाभित्र झन्डै दुई हजार जनाले सेयर गरेका थिए।

एल्थह्वले जब आफू यौन दुव्र्यवहारमा परेको कुरा बताएकी थिइन्, मुस्लिम महिलाले यो घटनालाई बाहिर नल्याउन भनेका थिए। बरु सबै कुरा बिर्सिएर चुपचाप बस्न धेरैको सल्लाह थियो। उनले आफूले भोगेको सत्यलाई सामाजिक सञ्जालमा पोस्ट् गरेपछि उनको खिल्ली उडाउनेको कमी भएनन्। पश्चिमाको प्रोपागान्डामा परेको भन्दै उनलाई तीव्र आलोचनासमेत गरियो। उनको सहयोगीले भने– मुस्लिम महिलाहरू सधैंभरि आफूमाथि भएको अन्याय सहेर मात्र बस्दैनन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.