महानगरको गेस्टहाउसमा मुख्यमन्त्री

महानगरको गेस्टहाउसमा मुख्यमन्त्री

पोखरा : प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारी आवासमा बस्न थालेका छन्। पोखरा महानगरले मुख्यमन्त्रीका लागि आवास उपलब्ध गराएको हो। शुक्रबार मुख्यमन्त्रीको परिवार नगरपालिका गेस्टहाउसमा सरेको छ। पोखराको पार्दीमा ०३४/३५ सालमा निर्मित नगरपालिका गेस्टहाउस मर्मत गरी मुख्यमन्त्रीको आवास बनाइएको हो। आवासमा सर्नुअघि मुख्यमन्त्री गुरुङ राष्ट्र बैंकको गेस्टहाउसमा बस्दै आएका थिए। उनले माघ २९ गते नियुक्ति लिएर फागुन ४ देखि कार्यभार सम्हालेका हुन्।

पर्यटन बोर्डको भवननजिकै फेवाताल किनारमा रहेको जीर्ण अवस्थाको गेस्टहाउस ६० लाख रुपैयाँ लागतमा मर्मत गरिएको हो। भवन मर्मत गर्न सरकारले २५ लाख उपलब्ध गराएको छ। बाँकी रकम तत्कालका लागि महानगरपालिकाले नै निकासा गरेको इन्जिनियर ध्रुव भट्टराईले जानकारी दिए। पाँच कोठाको गेस्टहाउसमा मुख्यमन्त्री बस्ने भएपछि पुरानो भवनसँगै जोडेर किचन, मिटिङ हल, भिजिटिङ कक्ष, गार्ड हाउसको नयाँ संरचना बनाइएको महानगरपालिकाका इन्जिनियर भट्टराईले बताए। ‘भवनको इन्टेरियर परिवर्तन गरेका छौं’, उनले भने।

मुख्यमन्त्री निवासको रूपमा प्रयोगमा आएको गेस्टहाउसभित्र र बाहिर मर्मत तथा रंगरोगन गरी नयाँ स्वरूप दिइएको छ। कोठाभित्र नयाँ बाथरुम, शौचालय र नयाँ बेड विस्तारा तयार पारिएको छ। भुइँमा पार्केटिङ गरिएको छ। आल्मुनियम र सिसाका झ्याल राखिएको छ। करिव ५ रोपनी कम्पाउन्डमा रहेको मुख्यमन्त्रिको आवासलाई बगैंचासहित आकर्षक बनाइएको छ। मिटिङ कक्ष, भिजिटिङ कक्ष र गार्ड हाउस निर्माण अझै जारी रहेको इन्जिनियर भट्टराईले बताए।

नगरपालिकाले आफ्ना पाहुनालाई गेस्टहाउसमा राख्दै आएको थियो। अति जीर्ण भएको हुँदा कमै पाहुना मात्रै त्यहाँ बस्थे। यसैगरी, गृहमन्त्रीको आवास क्षेत्रीय सिँचाइको क्वार्टरमा तयार पारिएको छ। उद्योग, पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री रामशरण बस्नेत क्षेत्रीय स्वास्थ्य निर्देशानलयको आवासगृह रानीपौवामा बस्न थालेका छन्।

कृषिमन्त्रीका लागि जिल्ला कृषि कार्यालयकै क्वार्टर उपलब्ध गराइएको छ। क्षेत्रीय सिँचाइ कार्यालयको आवासमा अरू मन्त्रीका लागि पनि निवास बनाउने गरी तयारी गरिएको छ। आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार, भूमि व्यवस्था तथा कृषि मन्त्रीको क्वार्टर सिँचाइको आवासमा हुनेछ। सामाजिक विकासमन्त्री भने स्वास्थ्य निर्देशानलयको क्वार्टरमा बस्नेछन्।

प्रदेश प्रमुख बाबुराम कुँवरलाई यसअघि क्षेत्रीय प्रशासक बस्दै आएको आवास मर्मत गरी उपलब्ध गराइएको छ। क्षेत्रीय प्रशासकबाट प्रदेशको प्रमुख सचिवको जिम्मेवारी पाएका लक्षमण अर्याल राष्ट्र बैंकको अधिकृत गेस्टहाउस सरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.