केन्द्रीय परियोजनामा प्रदेश निगरानी

केन्द्रीय परियोजनामा प्रदेश निगरानी

जनकपुरधाम : प्रदेश सरकारले केन्द्रीय बजेटबाट सञ्चालित परियोजनाको निगरानी गर्ने भएको छ। भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग तत्काल परियोजना अनुगमन कार्य अघि बढाउने जानकारी दिए।

प्रदेशमा सञ्चालित हुलाकी राजमार्ग, सहरी सडक विस्तार, रेलवे निर्माणलगायत कामको अवस्थाबारे मन्त्रालयले चासो दिएको छ। प्रदेश सरकारसँग योजना र बजेट नभए पनि प्रदेशमा सञ्चालित केन्द्रीय परियोजनालाई नै चाँडै सम्पन्न गराउनु मन्त्रालयको प्राथमिकता हुने मन्त्री सोनलले बताए।

‘पछिल्लो समय केन्द्रबाट थुप्रै विकास आयोजना सञ्चालन भएका छन्’, उनले भने, ‘तर, प्रभावकारी अनुगमन नहुँदा अधिकांश गुणस्तरहीन मात्र होइन, निर्माण व्यवसायीको ढिलासुस्तीले समयमै सम्पन्न हुन नसकेको गुनासो स्थानीयस्तरबाट आएको छ। यस्तो अवस्थामा हामीले भइरहेका कामलाई दु्रत गतिमा सञ्चालन गराउनेछौं।’

‘प्रदेश सरकारसँग योजना र बजेट नभए पनि प्रदेशमा सञ्चालित केन्द्रीय परियोजनालाई नै चाँडै सम्पन्न गराउनु मन्त्रालयको प्राथमिकता हुनेछ।’
जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकासमन्त्री

संविधानले प्रदेश सरकारलाई दिएको अधिकार राम्ररी व्यवस्थापन गर्न सके सक्षम प्रदेश निर्माण गर्न सकिने उनले बताए। भने, ‘हामी सर्वप्रथम आफूसँग भएका स्रोतसाधन व्यवस्थापनमा लाग्नेछौं।’

स्थायी राजधानी घोषणा नभएसम्म अस्थायी राजधानी जनकपुरसहित समग्र प्रदेशलाई भव्य र सभ्य बनाउने नीतिका साथ सरकार अघि बढ्ने उनले सुनाए। ‘प्रदेश सरकारलाई काम गर्नका लागि एउटा पनि कानुन नरहेको अवस्थामा शून्यदेखि सुरु गर्नुपर्ने भएकाले सबैको सुझाव र सहयोगको अपेक्षा छ’, उनले भने।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.