गाउँपालिकाको काम ठप्प

गाउँपालिकाको काम ठप्प

सिरहा : औरही गाउँपालिकामा उपाध्यक्षले सबओभरसियरलाई हाजिर गराएपछि विवाद भएको छ। यही विवादका कारण प्रशासकीय अधिकृतले गाउँपालिका छाड्दा प्रशासनिक कार्य डेढ महिनादेखि ठप्प छ। कर्मचारीलाई तलब खुवाउन समस्या भएको छ। गाउँसभासमेत हुन सकेको छैन।

अध्यक्ष नभएका बेला उपाध्यक्ष सीतादेवी यादवले कार्यपालिकाबाट बहुमतले निर्णय गरी सब–ओभरसियर दिनेश यादवलाई हाजिर गराउन खोज्दा विवाद भएको हो। आफ्नो अनुपस्थितिमा उपाध्यक्षले कार्यकारी अधिकृतलाई टिप्पणी उठाउन लगाई कर्मचारी हाजिर गराउन खोजेको अध्यक्ष सिद्धार्थ यादवले बताए। यस विषयमा कार्यकारी अधिकृतलाई स्पष्टीकरणसमेत सोधेको उनले सुनाए। ‘बहुमतको आडमा नचाहिँदो काम गर्न मिल्दैन’, उनले भने, ‘गाउँपालिकामा ओभरसियर र इन्जिनियरको खाँचो छ, सब–ओभरसियरको काम छैन।’

प्रशासकीय अधिकृत भागवत रेग्मी काम गर्ने वातावरण नभएको भन्दै मन्त्रालयमा हाजिर भएका छन्। अर्को अधिकृत नहुँदा प्रशासनिक कार्य ठप्प भएको अध्यक्ष यादवले बताए।

मन्त्रालयले सुखीपुर नगरपालिकाका कार्यकारी अधिकृत राजकुमार दासलाई थप जिम्मेवारी दिई औरहीमा पठाएको थियो। विवाद नमिलेर काम गर्ने वातावरण नभएको भन्दै अधिकृत दास गाउँपालिकामा हाजिर भए पनि काम थालेनन्।

चुनाव हारेका व्यक्तिको उक्साहटमा लागेर उपाध्यक्षले विवाद खडा गरेको अध्यक्ष यादवको आरोप छ। उपाध्यक्ष यादवले भने आफू अध्यक्षलाई बारम्बार सब–ओभरसियर हाजिरीका विषयमा कुरा राख्दा नसुनेको बताइन्। आफ्नो कुरा नमानेकाले बहुमतबाट निर्णय गराएको उनले स्वीकार गरिन्। बहुमतको निर्णयलाई अध्यक्षले कार्यान्वयन हुन नदिएर विवाद बल्झाउन खोजेको उनले बताइन्।

जिसस प्रमुख रामचन्द्र ठाकुरले औरहीको विवाद मिलाउन दुवै पक्षसँग कुराकानी भइरहेको बताए। भने, ‘दुवै पक्षलाई बोलाएर कुराकानी भएको छ, चाँडै समझदारी हुन्छ।’

दुई वडामा एक सचिव

कर्मचारी अभावका कारण एक जना वडासचिव दुई वडाको काम गर्न बाध्य भएका छन्। लहान नगरपालिका वडा नम्बर १३ र १४ को संयुक्त कार्यालय छ। भवन र कर्मचारी अभावमा सेवा सञ्चालन गर्न समस्या भएको वडा १४ का अध्यक्ष महेश श्रेष्ठले बताए।

‘सिंहदरबारको अधिकार गाउँमा नाम मात्रैको भयो’, उनले भने, ‘यसको कार्यान्वयन अझै हुन सकेको छैन।’

३८ प्रकारका काम वडाले सञ्चालन गर्नुपर्ने भए पनि कर्मचारी र भौतिक पूर्वाधार अपुरो हुँदा चाहेजस्तो काम गर्न नसकेको उनले बताए। ‘दुई वडामा कर्मचारीका नाममा जम्मा एक जना सचिव छ। त्यो पनि नभएको बेला आफैं सिफारिस बनाउँदै आएको छु’, वडा नम्बर १३ का अध्यक्ष ईश्वर बस्नेतले भने।

बिदा जाँदा, बिरामी पर्दा दुवै वडाको काम ठप्प हुने गरेको वडासचिव पशुपति चौधरीले बताए। भने, ‘कर्मचारी अलग–अलग नभएर घटनाको सर्जमिन मुचुल्का, मालपोतसम्बन्धी काममा बाधा पुग्ने गरेको छ।’

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.