राप्रपाले गर्‍यो प्रदेश ६ को निर्णयको स्वागत

राप्रपाले गर्‍यो प्रदेश ६ को निर्णयको स्वागत

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश नम्बर ६ को नामाकरण कर्णाली र राजधानी सुर्खेत राख्ने सर्वसम्मत निर्णयको स्वागत गरेको छ। प्रदेशसभामा राप्रपाकी सांसद सोशीला शाहीले सुर्खेतको विपक्षमा मतदान गर्नु उनको व्यक्तिगत धारणा भएको समेत राप्रपाले बताएको छ।

सांसद् शाहीले विपक्षमा मतदान गर्नु राप्रपाको आधिकारीक लाइन नभएको सहप्रवक्ता मोहन श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘प्रदेश ६ को राजधानी सुर्खेत हुने निर्णय राप्रपाको आधिकारीक धारणा हो’, विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशसभाका सांसदलाई यसबारे पार्टीले ह्विप जारी नगरेको हुँदा सांसद सोशीला शाहीले सुर्खेतको विपक्षमा मतदान गर्नु उहाँको व्यक्तिगत धारणा हो, पार्टीको आधिकारिक लाइन नभएको प्रष्ट पार्दछौँ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.