यसरी पोखियो 'काकाकुल काठमाडौँ' को पानी (भिडियो)

यसरी पोखियो 'काकाकुल काठमाडौँ' को पानी (भिडियो)

काठमाडौँ: तीनकुनेस्थित वागमतीको पुल निर्माणका क्रममा खानेपानीको पाइप फुटेर ठूलो मात्रामा पानी खेर गएको छ । पुल निर्माणका क्रममा ठेकेदारको लापरवाहीले खानेपानीको पाइप फुटेको हो ।

शनिबार अपरान्ह खानेपानीको मुल पाइपबाट पानी निस्किएर पुलको नयाँबानेश्वरतिरको क्षेत्रको संरचनामा पनि क्षति गरेको छ । पाइप फुटेपछि त्यहाँ अभाव झेलिरहने काठमाडौँका लागि ल्याइएको पानी खेर गएको रमिता हेर्नेको भीड नै लागेको थियो ।

बानेश्वर-कोटेश्वर सडक समेत केही समय अबरुद्ध भयो । एकातिर पुल निर्माणमा लापरवाहीसँगै अर्कातिर काठमाडौँ उपत्यका खानपानी लिमिटेड (केयुकेएल)ले ध्यान नदिँदा ठुलो परिमाणको खानपानी खेर गएको छ।

सडक र पुल निर्माणको क्रममा खानेपानी पाइप अड्याइएको पर्खाल भत्काएर अर्को अडेस नदिएपछि गाँसिएको ठाउँमा पाइप भाँचिएको हो ।

सरोकारवालाको लापरबाहीले कतिपय स्थानमा खानेपानीको पाइपमा ढलको पानी मिसिएर दुषित समेत भइरहेको छ । केयुकेल, महानगर र सडक विभागले निर्माणका क्रममा खानेपानीको पाइप सं‌रक्षणमा ध्यान नदिँदा यस्तो भएको स्थानीय बताउँछन् ।

भिडियो

शब्द, तस्बिर: सुरेन्द्र काफ्ले 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.