आर्मीले उचाल्यो हेटौंडा गोल्डकपको उपाधि

आर्मीले उचाल्यो हेटौंडा गोल्डकपको उपाधि

हेटौंडाः तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चुम्दै नेपाल आर्मीले यस वर्षको सर्वाधिक सफल क्लब बन्न सफल भएको छ । शनिबार हेटौंडा १० स्थित वन बिज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पन्छाउँदै आर्मी प्रतियोगिताको च्याम्पियन भएको हो ।

खेल अवधिभर दबाबमा रहेका दुवै क्लबका गोल गर्ने पटक पटकको प्रयास असफल भएपछि नतिजाका लागि टाइब्रेकरको सहारा लिइएको थियो ।

गोलक्षक निर्णायक भूमिकामा रहेको टाइब्रेकरमा आर्मीका गोलरक्षक विकेश कुथु नायक सावित भए । उनले पुलिसका दुईवटा प्रहार निस्तेज पार्दै नेपाल आर्मी क्लबलाई सिजनको छैठौं उपाधि चुम्न योगदान दिए । पुलिसका तेज तामाङ र बुद्ध लामाको प्रहार विकेशले बचाए ।

आर्मीको तर्फबाट दीप लामा, विकेश कुथु, विवेक बस्नेत र सन्तोष तामाङले गोल गरेका थिए । तर धेरै दर्शकले अपेक्षा गरेका आर्मीका स्टार फरवार्ड नवयुग श्रेष्ठको प्रहार पोलमा लागेर फर्किएको थियो । पुलिसको तर्फबाट टाइब्रेकरमा अजित राजभण्डारी, सुमन लामा र दिनेश राजवंशीले गोल गरे ।

आर्मीले उपाधिसँगै नगद पाँच लाख रुपैयाँ प्राप्त हात पारेको छ । उपविजेता नेपाल पुलिस क्लबले नगद तीन लाखसहित शिल्ड र मेडलमा चित्त बुझाउनुपर्यो । उनीहरुलाई हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीना लामा, मध्यपृतना हेटक्वाटर सुपारिटारका पृतनापति उपरथी प्रभुमराम शर्मा, तीन नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी केशरिराज घिमिरे लगायतले शिल्ड, नगद तथा सम्मानपत्र प्रदान गरेका थिए ।

पाण्डे उत्कृष्ट खेलाडी

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका डिफेन्डर विमल पाण्डे घोषित भए । उनले नगद ५० हजार रुपैयाँ प्राप्त गरे । फाइनल खेलको म्यान अफ दी म्याच आर्मीका गोलरक्षक विकेश घोषित भए ।

उनले नगद पाँचहजार रुपियाँ प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक आर्मीका नवीन न्यौपाने, गोलरक्षक आर्मीका विकेश कुथु घोषित भए । उत्कृष्ट डिफेन्डर पुलिसका दिनेश राजवंशी, फरवार्ड पुलिसका अभिषेक रिजाल तथा मिडफिल्डर तेज तामाङ घोषित भए । उत्कृष्ट घोषित सवै प्रशिक्षक तथा खेलाडीले नगद पाँचहजार रुपियाँ प्राप्त गरे ।

यसवर्ष आर्मीले खप्तड गोल्डकप, वीरगञ्जमा विशाल स्मृति,सिमरा गोल्डकप, सताक्षी गोल्डकप, मेची नेत्रालय गोल्डकपको उपाधिमा कब्जा जमाएको छ । पुलिसले भने आहारारा गोल्डकप जितेको छ ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा फागुन ५ गतेबाट सञ्चालन भएको प्रतियोगितामा विभागीय तीनसहित आठ टिमको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.