बार्सिलोना र रियल मड्रिडको गोल वर्षा, सुआरेजको ह्याट्रिक, मेसी र रोनाल्डोको २-२ गोल

बार्सिलोना र रियल मड्रिडको गोल वर्षा, सुआरेजको ह्याट्रिक, मेसी र रोनाल्डोको २-२ गोल

काठमाडौं : स्पेनिस ला लिगा अन्तरगत शनिबारका खेलमा पावर हाउस बार्सिलोना र रियल मड्रिड दुवैले आ-आफ्ना खेलमा गोल वर्षा गरेका छन् । बार्सिलोनाले गिरोनामाथि ६-१ को जित निकाल्दा, रियल मड्रिडले अलाभेजलाई ४-० ले हराउँन सफल भयो ।

यस सिजनका अपराजित रहँदै शीर्ष स्थानमा रहेको बार्सिलोनाले फेरि अर्काे प्रभावशाली जित निकाल्न सफल भएको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि, सुवारेजले ह्याट्रिक गरे। उनले खेलको ५,४४ र ७६ मिनेटमा गोल गरेका हुन, मेसीले ३० औं र ३६ औं मिनेटमा गोल गरे भने फिलिप कान्टिन्होले ६६ मिनेटमा गोल गरे ।

गिरोनाका लागि मिलफिल्डर क्रिस्टियन पोर्चुले खेल सुरु भएको ३ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यही नै उसका लागि सान्तवना गोल बन्न पुग्यो ।

यस सिजनमा पछि परिरहेको पावर हाउस रियल मड्रिडले घरेलु मैदानमा भएको शनिबारको खेलमा अलाभेजमाथि ४-० को सानदार जित निकाल्न सफल भयो । रियल मड्रिडका लागि क्रिस्टियानो रोनाल्डोले २ गोल, ग्यारेथ बेल र करिम बेन्जिमाले एक-एक गोल गरे ।

ronaldo_3

रोनाल्डोले खेलको ४४ औं र ६१ औं मिनेटमा गोल गरेका थिए । बेलले ४६ औं र बेन्जिमाले ८९ औं मिनेटमा गोल गरेका थिए।

शनिबारको खेलसँगै २५ खेलबाट ६५ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा कायमै छ । २४ खेल खेलेको यथ्लेटिको मड्रिड ५५ अंकसहित दोस्रो स्थानमा छ । २५ खेल खेलेको रियल मड्रिड ५१ अंकसहित तेस्रो स्थानमा र २४ खेल खेलेको भ्यालेन्सिया ४६ अंकका साथ चौथो स्थानमा रहेका छन् । बुधबार लेगानेजमाथि जित निकाल्दै भ्यालेन्सियालाई पछि पारी रियल मड्रिड तेस्रो स्थानमा उक्लिएको थियो ।

शनिबारका ला लिगाका अन्य खेलमा सेल्टाभिगोले इआइबरलाई २-० ले हरायो । लेगानेज र लस पाल्मसले गोलरहित बराबरी खेले।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.