सन्दीप वेस्ट इन्डिजमा हुने सीपीएलको पहिलो ड्राफ्टमा

सन्दीप वेस्ट इन्डिजमा हुने सीपीएलको पहिलो ड्राफ्टमा

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजमा आयोजना हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिताको खेलाडी सूचीमा समेटिएका छन्। हालैमात्र इन्डियन प्रिमियर लिग (आईपीएल) टोली दिल्ली डेयरडेभिल्ससँग अनुबन्धित भएका १७ वर्षीय सन्दीप सीपीएलको खेलाडी सूचीमा पनि समेटिएका हुन्। उनले सीपीएल खेल्ने÷नखेल्ने बारे भने मार्च एकमा थाहा हुनेछ।

सीपीएलले जनाएअनुसार मार्च १ तारिख प्रतियोगिताको सहभागी टोलीले सन् २०१८ को सिजनका लागि खेलाडी छनोट गर्नेछन्। नेपाली राष्ट्रिय टोलीबाट सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिता खेल्न शनिबार जिम्बावेतर्फ प्रस्थान गर्नुअघि सन्दीप र नेपाली क्रिकेटका लागि खुसीको खबर आएको छ।

पछिल्लो समय नेपाली यू–१९ तथा सिनियर राष्ट्रिय टोलीबाट सशक्त प्रदर्शन गर्दै आइरहेका सन्दीपले छोटो समयमै अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रा अवसर हात पार्न सफल भएका छन्। उनी यसअघि पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग र आईपीएलको खेलाडी ड्राफ्टमा समेटिएका थिए। यद्यपि उनी आईपीएलमा मात्रै अनुबन्धित हुन सफल भए। हालै भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ मा उत्कृष्ट प्रदर्शनसँगै उत्कृष्ट बलर र सर्वाेत्कृष्ट खेलाडी चुनिएका सन्दीपले सीपीएलमा अनुबन्ध हुने सम्भावना देखिएको छ।

सन् २०१३ बाट सुरु भएको सीपीएलको छैटौं संस्करण आगामी अगस्टबाट सुरु हँुदै छ। आयोजकले प्रतियोगिता खेल्नका लागि आफ्नो नाम दर्ता गराएका खेलाडीको सूची सबै टोलीलाई पठाइसकेको जनाएको छ। सीपीएलले जनाएअनुसार प्रतियोगिताका लागि दुई सय २७ विदेशी खेलाडीले आफ्नो नाम दर्ता गराएका छन्। यस्तै वेस्ट इन्डिजका एक सय २१ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.