पूर्वाञ्चल र एपीएफबीच उपाधि भिडन्त

पूर्वाञ्चल र एपीएफबीच उपाधि भिडन्त

धनगढी : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि पूर्वाञ्चल विकास क्षेत्र र सशस्त्र प्रहरी बलको एपीएफ क्लब भिड्ने भएका छन्। शनिबार भएका सेमिफाइनलमा जित हात पार्दै दुवै टोलीले उपाधि भिडन्त पक्का गरेका हुन्। पूर्वाञ्चलले मध्यमाञ्चललाई ५३ रनले पराजित गर्‍यो भने विभागीय टोली एपीएफले घरेलु टोली सुदूरपश्चिमाञ्चललाई ८१ रनले स्तब्ध बनायो।

शनिबार भएको पहिलो सेमिफाइनल खेलमा पूर्वाञ्चलले मध्यमाञ्चललाई ५३ रनको फराकिलो जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो। टस जितेर ब्याटिङ गरेको पूर्वाञ्चलले काजोल श्रेष्ठको अविजित ५५ रनको मद्दतमा २० ओभरमा दुई विकेट गुमाउँदै एक सय १९ रन बनायो। पूर्वाञ्चलका लागि अप्सरी बेगमले ३२ तथा कप्तान रुविना क्षत्रीले अविजित रहँदै १४ रन बनाए। काजोल र अप्सरीबीच तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए। मध्यमाञ्चलकी रोजी कडारीले एक विकेट हात पारिन्।

एक सय २० रनको विजयी लक्ष्य पछ्याएको मध्यमाञ्चलले २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रन मात्रै बनाउन सक्यो। मध्यमाञ्चलका कञ्चन श्रेष्ठले २१ र सीता श्रेष्ठले १७ रन बनाए। पूर्वाञ्चलकी कप्तान रुविना क्षत्रीले तीन विकेट लिइन्। शवनम राई, सन्तोषी चौधरी र संगीता राईले एकएक विकेट हात पारे। खेलको प्लेयर अफ दी म्याच पूर्वाञ्चलकी काजोल श्रेष्ठ भइन्।

शनिबार नै भएको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिमलाई ८१ रनले पराजित गर्‍यो। टस हारेर व्याटिङको निम्तो पाएको एपीएफले २० ओभरमा चार विकेट गुमाएर एक सय ३१ रन बनायो। एपीएफका लागि सीता रानामगरले ५१, सरिता मगरले ३७ र ज्योति पाण्डेले १८ रन बनाए। ज्योति र सीताले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे भने सीता र सरिताले पनि दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरे। सुदूरपश्चिमकी सुमन विष्ट, लक्ष्मी साउद र निशा भट्टले एकएक विकेट लिए।

एक सय ३२ रनको विजयीलक्ष्य लिएर मैदान उत्रिएको सुदूरपश्चिम १९ ओभरमा अलआउट हुँदै ५१ रनमा समेटियो। सुदूरपश्चिमका लागि निशा भट्टले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमलाई सस्तैमा समेट्न एपीएफकी सीता मगर, करुणा भण्डारीले तीनतीन विकेट लिए। यस्तै अञ्जली चन्दले दुई तथा सीता रानामगरले एक विकेट हात पारे। खेलको प्लेयर अफ दी म्याच सीता रानामगर भइन्। फाइनल आइतबार फाप्ला क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.