कान्छीमायालाई पिंकाथन उपाधि

कान्छीमायालाई पिंकाथन उपाधि

काठमाडौं : दोस्रो काठमाडौं पिंकाथन महिला हाफ म्याराथनको उपाधि एपीएफ क्लबकी कान्छीमाया कोजूले जितेकी छन्। साबिक विजेता कान्छीले शनिबार निर्धारित दूरी एक घन्टा २० मिनेट २१ सेकेन्डमा पूरा गर्दै उपाधि रक्षा गरेकी हुन्। उनले अघिल्लो संस्करणमा एक घन्टा १८ मिनेट १० सेकेन्डमा दौडँदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। उपाधिसँगै कान्छीले ६० हजार रुपैयाँ पुरस्कार पाइन्।

त्रिभुवन आर्मी क्लबकी सरिता बासी एक घन्टा २६ मिनेट एक सेकेन्डमा दौड सक्दै दोस्रो र नेपाल पुलिस क्लबकी पुष्पा भण्डारीले एक घन्टा १७ मिनेट दुई सेकेन्डमा दौडँदै तेस्रो भए। सरिताले ४० हजार र पुष्पाले २० हजार रुपैयाँ पुरस्कार पाए। महाराजगन्जस्थित प्रहरी तालिम केन्द्रबाट सुरु भएको दौड बालुवाटार, गैरीधारा, उत्तरढोका, दरबारमार्ग, सहिदगेट, जमल, लाजिम्पाट, पानीपोखरी हुँदै पुनः तालिम केन्द्रमा पुगेर सकिएको थियो।

१० मिलोमिटर दौडको उपाधि एपीएफकी सन्तोषी श्रेष्ठले जितिन्। एपीएफकै वृन्दा श्रेष्ठ दोस्रो र आर्मीकी रेशु बस्नेत तेस्रो भइन्। यस स्पर्धाका विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाए। पाँच किलोमिटरमा दीपा न्यौपाने, मनमति विष्ट र अर्पणा चौधरी त्रमशः पहिलो, दोस्रो र तेस्रो भए। तीन किलोमटिर दौडमा चन्दना गुरुङ पहिलो, काजल विष्ट दोस्रो र दिलकुमारी छन्त्याल तेस्रो भए।

दौडको माध्यमबाट महिलाको स्तन क्यान्सरविरुद्ध जनचेतना जगाउने उद्देश्यले नेपालमा दोस्रो पटक पिंकाथन आयोजना गरिएको हो। पिंकाथनमा २५ महिलाले सहभागिता जनाएको संयोजक एवं आयोजक संस्था लेजरपोर्ट नेपालका नवराज जोशीले जानकारी दिए। बलिउड सुपर मोडल मिलिन्द सोमनले सुरु गरेको पिंकाथन भारतका विभिन्न आठ र नेपालको काठमाडौंमा आयोजना हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.