नयाँ शक्तिको कार्यदिशा समुन्नत समाजवाद

नयाँ शक्तिको कार्यदिशा समुन्नत समाजवाद

बुटवल : नयाँ शक्ति पार्टी नेपालले बुद्ध सन्देशको अनुसरण गर्दै रूपान्तरणको दिशामा अघि बढ्ने संकल्प गरेको छ। बुद्धजन्मस्थल लुम्बिनीमा चार दिनसम्म चलेको संघीय परिषद्को चौथो बैठकले लोकतन्त्रमा आधारित समुन्नत समाजवादको खाका तयार पार्दै समृद्ध नेपाल निर्माण गर्ने कार्यदिशा पारित परेको हो।

पाँच वर्षभित्र वैचारिक राजनीतिक मार्गदर्शनसँगै संसद्‍मा शक्तिशाली तेस्रो ध्रुवको रुपमा उदाउने लक्ष्यसहित सांगठनिक निर्णय गरेको छ। जसका लागि ‘भिजन ५ र मिसन ५’ नामक सांगठनिक पुनर्गठन प्रस्तावको अनुमोदन गरेको छ। बैठकमा संयोजक डा. बाबुराम भट्टराईले प्रस्तुत गरेको ‘नयाँ शक्तिको दुई वर्ष : वैकल्पिक राजनीतिको अपरिहार्यता’ शीर्षकको राजनीतिक, सांगठनिक र व्यवस्थापकीय प्रतिवेदन पारित गरेको छ।

बुटवलमा शनिबार आयोजित पत्रकार सम्मेलनमाफर्त बैठकका निर्णय सार्वजनिक गर्दै संयोजक भट्टराईले राजनीतिलाई व्यवसाय बनाउँदै भ्रष्टाचारको दलदलमा फस्ने चरित्रको कार्यनीति अवलम्बन नगरिने बताए। ‘जनताको सुख, समृद्धि र खुसीबाहेक हाम्रो अर्काे कुनै राजनीतिक स्वार्थ छैन’, उनले भने, ‘राजनीति सेवा गर्ने माध्यम हो, व्यवसाय होइन। सत्ता, शक्ति, पैसा, पद र व्यक्तिगत प्रतिष्ठा पाउने माध्यम राजनीतिलाई बनाउने छैनौं।’ कांग्रेस र कम्युनिस्ट नामधारी परम्परावादी दलले छर्ने भ्रममा नपरी अघि बढ्ने संकल्प लिएको उनले बताए।

बुद्धजन्मस्थल लुम्बिनीमा पाँच संकल्प गरेको नयाँ शक्तिले स्वाधीन, समावेशी, सुशासित, समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने मुख्य राजनीतिक उद्देश्य हुने संयोजक भट्टराईले बताए। बुद्धले भनेका चतुर्आर्य सत्यजस्तै देशमा समस्या छ, त्यसको कारण छ, त्यसकोे निवारण छ र ५ समार्फत समृद्ध नेपाल निर्माण गर्न सकिने उनले बताए। नेपालजस्तो विकासशील मुलुकमा दुई अंकको आर्थिक वृद्धिदर आवश्यक रहेको र २५ वर्षभित्र समुन्नत नेपाल बनाउन राजनीतिद्वारा सत्ता प्राप्त गरी समृद्धिलाई सुनिश्चित गर्ने लक्ष्य नयाँ शक्तिले लिएको छ।

नयाँ शक्ति बुद्धको पथमै हिँड्ने नभई समन्नुत समाज निर्माणका लागि बुद्ध सन्देशका सबल पक्षलाई अँगाल्ने नीति अवलम्बन गरेको छ। नयाँ शक्ति हिंसाविहीन नहुने भन्दै भट्टराईले शान्तिगामी क्रान्तिकारी हुने बताए। आवश्यक प¥यो भने क्रान्ति गर्न पनि पार्टी पछि नपर्ने भन्दै उनले सधैँका शान्तिवादी नभई बाध्यात्मक अवस्थामा क्रान्तिकारी बाटो अवलम्बन गर्नेसमेत बताए।

चौथो संघीय परिषद्ले पार्टीको सांगठिक ढाँचासमेत परिवर्तन गरेको छ। पार्टीभित्र कार्यकारी समिति, विज्ञ परिषद् र संरक्षक परिषद् निर्माण गरेर महाधिवेशनसम्म पुग्ने निर्णय बैठकले गरेको छ। ९९ सय सदस्यीय कार्यकारी समिति बनाउने निर्णयसमेत गरेको छ। एक वर्षभित्र हुने महाधिवेशनको अभिन्न अंगका रूपमा ३५ सदस्सीय संरक्षक परिषद् र १५ सदस्यीय विज्ञ परिषद् गठन बैठकले गरेको छ।

पहिलो महाधिवेशनले पार्टीको नाम परिवर्तन गर्ने संयोजक भट्टराईले बताए। बैठकले भट्टराईलाई पुनः संयोजकको जिम्मेवारी दिएको छ। बैठकले दस्ताबेज परिवर्तनका लागि भट्टराईकै संयोजकत्वमा देवीप्रसाद ओझा, डम्बर खतिवडा, गंगानारायण श्रेष्ठ र कल्पना धमला रहेको ५ सदस्यीय समिति गठन गरेको छ। बैठकले सातै प्रदेशमा इन्चार्जसमेत तोकेको छ। प्रदेश १ मा राजेन्द्र किराँती, २ मा रामरिझन यादव, ३ मा गंगानारायण श्रेष्ठ, ४ मा रुद्रबहादुर गुरुङ, ५ मा नवराज सुवेदी, ६ मा सरुण बाठा मगर र ७ मा कृष्ण चौधरी तथा प्रवास प्रदेशमा हिसिला यमीलाई इन्चार्ज तोकेको छ।




प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.