झापा गोल्ड कप : चार हजार दर्शक अट्ने बाँसको प्याराफिट बनाइँदै
बिर्तामोड : फागुन १९ गते देखि झापाको डोमालाल राजवंशी रंगशालामा हुने झापा गोल्ड कपको तयारीलाई तीव्रता दिइएको। खेल हेर्न आउने दर्शक बस्नका लागि अस्थाई प्याराफिट निर्माण गर्ने र खेल मैदानलाई व्यवस्थित बनाउने काम जारी रहेको आयोजकले बताएको छ।
यस पटक खेल हेर्नका लागि मैदानको दाँया र बाँया बाँसको प्याराफिट निर्माण कार्य अन्तिम चरणमा पुगेको र खेल मैदानमा दुबो उमार्ने र मिलाउने काम पनि भइरहेको मुल आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले बताए।
यस अघिका वर्षमा चार तहको मात्र प्याराफिट निर्माण गरिएको भए पनि यस पटक दुई तह बढाएर छ तहको अस्थायी प्याराफिट निर्माण भइरहेको अध्यक्ष गिरीको भनाई छ।
सो अस्थायी प्याराफिटमा चार हजार दर्शक अटाउने अपेक्षा राखिएको गिरीले बताए। मोफसलकै ठूलो पुरस्कार राशीको झापा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको तेस्रो संकरण फागुन १९ गते देखि सुरु भइ २८ गते सम्म चल्ने छ।
नकआउटका आधारमा खेलाइने प्रतियोगिताको बिजेता टीमलाई बाह्र लाख र उपबिजेतालाई ६ लाख रुपैंया पुरस्कार दिने आयोजकले बताएको छ।प्रतियोगितामा नेपालका नौ र एक प्रतिष्ठित विदेशि टिम गरी १० टिमको सहभागिता रहने मुल आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले बताए।
चार हजार दर्शक अटाउने बाँसको प्याराफिट बनाइदै । तस्बिर : रविन भट्टराई
बाँसको प्याराफिट बनाउँदै मजुदर । तस्बिर : रविन भट्टराई
रंगशालामा गाेल्डकपकाे तयारी हुँदै । तस्बिर :रविन भट्टराई
प्याराफिट बनाउँदै मजदुर । तस्बिर : रविन भट्टराई