मदिरा नष्ट
राजविराज : सप्तरी प्रहरीले घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ आइतबार नष्ट गरेको छ। प्रहरी चौकी फत्तेपुरको टोलीले सप्तकोशी नगरपालिका १० बाट फेला पारेको अवैध घरेलु मदिरा दुई सय ५० लिटर र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ २५ ड्रम नष्ट गरेको प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए।
प्रहरीका अनुसार गुनेलाल मलाह र धर्कन मलाहको घरबाट अवैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ फेला पारेको हो।