वाम गठबन्धन एउटै कम्युनिस्ट पार्टी बनिसक्यो : प्रचण्ड

वाम गठबन्धन एउटै कम्युनिस्ट पार्टी बनिसक्यो : प्रचण्ड

गौर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९ सालदेखि विभाजित नेपालका कम्युनिस्ट जनताको भावना अनुसार एक भएको बताएका छन् । स्थानियबासीको सक्रियतामा निमार्ण भएको रौतहटको धन्सर जंगलसैया सडक उद्घाटन गर्दै अध्यक्ष दाहालले भने, ‘अब वाम गठबन्धन छैन, एउटै कम्युनिस्ट पार्टी बनिसक्यो ।’

नेपालको इतिहासमा पहिलो पटक झण्डै दुर्इतिहाइ बहुमतको सरकारका लागि कम्युनिस्ट पार्टी बनेको भन्दै उनले सरकारको प्राथमिकतामा सुशासन, समृद्धि र विकासमा केन्द्रित गर्ने बताए । मधेसले विकासको ठूलो प्याकेज बनाएर जानुपर्ने बताउदै उनले तराई–मधेसबाटै विकासको लहर ल्याउनुपर्ने बताए । ‘तराईको विकास बिना नेपालको विकास हुँदैन’, उनले भने ।

स्थानीयबासी र सांसद प्रभू शाहको नेतृत्वमा पूर्व-पश्चिम राजमार्गका धन्सारदेखि जंगलसैयासम्मको करिब १४ किलोमिटर सडक निर्माण भएको हो । प्रचण्डले राजनीतिक नेतृत्व र जनताको बीचमा भरोसा, विश्वास र नयाँ काम गरौँ भन्ने संकल्प भए काम गर्न सकिन्छ भन्ने प्रमाण यही सडक भएको बताए ।

२०५२ सालमा नै सडक बनाउन ट्रयाक खोलिएको भएपनि सडक निमार्ण अगाडि बढ्न सकेको थिएन । रकम अभाव भए पनि स्थानीयबासीको सहयोग र सक्रियतामा उक्त सडक निमार्ण गरिएको रौतहट क्षेत्र नम्बर ३ का संसद प्रभू शाहले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.