चेल्सीसँगको ‘प्रतिष्ठाको लडाइँ’मा म्यानचेस्टर युनाइटेड विजयी

चेल्सीसँगको  ‘प्रतिष्ठाको लडाइँ’मा म्यानचेस्टर युनाइटेड विजयी


काठमाडौँः इङ्लिस प्रिमियर लिग अन्तरगत आइतवार राति दुई ठुला क्लबबीचको भिडन्तमा म्यानचेस्टर युनाइटेडले बाजी मारेको छ । डिफेन्डिङ च्याम्पियन चेल्सीसँगको प्रतिष्ठाको लडाइँको रुपमा हेरिएको यो खेलमा म्यानचेस्टर युनाइटेडलाई विजयी गराउन रोमेलु लुकाकु र जेले लिङ्गार्डले गोल गरे ।

यद्यपि यो खेलमा अग्रता भने पराजित भएको चेल्सीले लिएको थियो । चेल्सीका लागि ब्राजिलियन विङ्गर विलियनले खेलको ३२ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए ।

तर खेलको ३९ औँ मिनेटमा चेल्सीको डि बक्समा अल्मलिएको बललाई म्यानचेस्टर युनाइटेका लुकाकुले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

पहिलो हाफ बराबरीमा सकिएको अवस्थामा युनाइटेडका लागि खेलको ७५ औँ मिनेटमा लुकाकै पासमा जेजे लिङ्गार्डले गोल चेल्सीबाट महत्वपूर्ण ३ अंक खोस्न सफल भए ।

यो जितपछि युनाइटेड २८ खेलबाट ५९ अंकसहित लिगको दोस्रो स्थानमा छ । पराजित चेल्सी २८ खेलबाट ५३ अंकसहित च्याम्पियन्स लिगका लागि संघर्षरत छ । पहिलो स्थानमा २७ खेलबाट ७२ अंकसहित म्यानचेस्टर सिटी पहिलो स्थानमा छ ।

आजै भएको अर्को खेलमा ह्यारी केनको गोल मद्धतमा टोटनह्याम हटस्पर्सले क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको छ । यो जितपछि टोटनह्याम २८ खेलबाट ५५ अंकसहित लिगको चौथो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.