घाइते हुँदै नेमारले मैदान छाडे, पिएसजीलाई तनाव

घाइते हुँदै नेमारले मैदान छाडे, पिएसजीलाई तनाव

काठमाडौँः फ्रान्सेली लिग वान फुटबल प्रतियोगिता अन्तरगत आइतवार राति भएको मार्सिल्लेविरुद्धको खेलमा प्रमुख स्ट्राइकर नेमार घाइते भएपछि पेरिस सेन्ट जर्मेनलाई तनाव भएको छ ।

मार्सिल्लेविरुद्धको खेलमा एकपक्षीय ३–० को नतिजा निकाले पनि कुर्कुच्चको चोट बोक्दै नेमार स्टे«क्चरमा बोकिएर नेमारले मैदान छाडेपछि पिएसजी अफ्ठेरोमा परेको हो ।

खेलको ८० औँ मिनेटमा पीडासहित नेमार मैदानम ढलेका थिए । त्यसपछि उनलाई स्वास्थ्यकर्मीको टोलीले स्ट्रेक्चरमा राखेर मैदान बाहिर लगेको थियो ।
नेमार घाइते भएपछि रियल मड्रिडविरुद्धको च्याम्पियन्स लिगको अन्तिम १६ को खेल गुमाउने सम्भावना बढेको छ । पहिलो लेगको नतिजा ३–१ ले रियललाई सुम्पेको पिएसजीले मार्च ७ मा हुने दोस्रो लेगमा खेल उल्ट्याउन कम्तिमा पनि ३–० को जित निकाल्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा नेमार घाइते भएपछि पिएसजीमाथि दबाब बढेको हो ।

नेमार घाइते भए पनि पिएसजीले मार्सिल्लेविरुद्धको खेलमा सहज जित निकाल्यो । उसका लागि किलियन एमपीपी र एडिनसन काभानीले एक एक गोल गरे । अर्को गोल भने पिएसजीले मार्सिल्लेबाट आत्मघाती उपहार पायो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.