मजदुर दिवसमा ‘पसिना’

मजदुर दिवसमा ‘पसिना’

काठमाडौं : मजदुरको सुखदुःखमा आधारित फिल्म ‘पसिना’ मजदुर दिवसको अवसरमा आगामी वैशाख १४ गते रिजिल हुने भएको छ। चलचित्रको गीत राजधानीमा सार्वजनिक गरिएको छ। नन स्टप क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा श्रमिकको हकहितको कथा रहेको निर्मात्री शान्ता ढकालले बताइन्। चलचित्रमा ढकालसँगै इन्जिनियर सञ्जय महतोको लगानी छ।

आरबी खत्री ‘शरद’ निर्देशित फिल्ममा गौरव पहाडी, अनु शाह, सरोज खनाल, रवि गिरी, ध्रुव कोइराला, जयनन्द लामा, सरोज अर्याल, सरिता राजोपाध्याय, सिर्जना अधिकारी, शिवशंकर रिजाल, सुर्जनी केसी, शारदा गिरी लगायतका कलाकारको अभिनय छ।

राजनराज शिवाकोटी, थिराज राई र दीपक शर्माको संगीत रहेको चलचित्रको सम्पादन नवीन निरौलाले गरेका छन्। चलचित्रमा शिव विकको नृत्य निर्देशन तथा देव महर्जनको द्वन्द्व र राम केसीको छायांकन रहेको छ।

‘सामाजिक र यथार्थ घटना चलचित्रमा उतार्ने प्रयास गरिएको छ’, निर्देशक ‘शरद’ ले भने। सार्वजनिक गीत हावा चल्यो सिरिरिमा नारद रिजालको शब्द, राजनराज शिवाकोटीको संगीत र स्वर रहेको छ भने गौरव र अनु फिचरिङ छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.